१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जंगली च्याउ खाएर आमाछोराको मृत्यु



अ+ अ-

जाजरकोट । जंगली च्याउ खाएर जाजरकोटमा आमाछोराको मृत्यु भएको छ। बारेकोट गाँउपालिका ८ बन्डाला निवासी ५० वर्षीया मनमाया कुमाई र उनका १३ वर्षीय छोरा योगराज कुमाईको च्याउ खाँदा मृत्यु भएको हो।

आमा मनमायालाई उपचारका लागि नेपालगञ्ज लाने क्रममा मंगलबार सुर्खेतको मेहेलकुनामा मृत्यु भएको प्रहरीले जनाएको छ। छोरा योगराजको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा बुधबार मृत्यु भएको जिल्ला प्रहरी प्रमुख श्यामबहादुर खत्रीले बताए।

जिल्ला अस्पतालमा च्याउ खाएको दुई दिनपछि पुगेका थिए। भौगोलिक विकटता र घरमा अरु मानिस कोही नहुँदा उनीहरुले समयमा उपचार नपाएको प्रहरीले जनाएको छ ।




भर्खरै