१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय सुमोको ठक्करबाट एक महिलाको मृत्यु, चारजना घाइते



अ+ अ-

राजविराज । सप्तरीको खडग नगरपालिका ४ करमनीयामा भारतीय सुमोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

राजविराजबाट जनकपुर जाँदै गरेको जेएच १५ जे ३२०३ नम्बरको सुमोले काठमाडौंबाट इलामतर्फ जाँदै गरेको को १ च ४२२८ नम्बरको मारुती भ्यानलाई पूर्व–पश्चिम राजमार्गमा ठक्कर दिंदा मारुतीमा सवार इलाम नगरपालिका १ की ५८ वर्षीया टंकमाया लिम्बुको मृत्यु भएको प्रहरीले बताएको छ ।

मारुती भ्यानका चालक टंकमायाका छोरा सबिन लिम्बु र छोरी संगीता लिम्बु घाइते भएका छन् । यसैगरी सुमो गाडीमा सवार तिलाठी कोइलाडी गाउँपालिका ७ स्थायी घर भएका राजविराज ५ बस्ने जितेन्द्रप्रसाद साह उनका ज्वाई जनकपुर १ का आशुतोष साह घाइते भएका छन् । आशुतोषकी श्रीमती सोनी सकुशल छिन् ।

दुर्घटनाग्रस्त दुवै गाडीलाई इलाका प्रहरी कार्यालय कडरबोनाले नियन्त्रणमा लिएको इन्स्पेक्टर रामराजा केशरीले बताए । सुमो गाडीका चालक फरार भएका छन् ।

महिलाको शवलाई सप्तऋषी अस्पताल लहानमा पोष्टमार्टम लागि राखिएको प्रहरीले बताएको छ ।




भर्खरै