५ असार २०८३, शुक्रबार
,
Latest
सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीका कारण क्षतिग्रस्त भएका सिँचाइ संरचना पुनर्निर्माणका लागि सवा २ अर्व लाग्ने



अ+ अ-

काठमाडौं । गत असारमा आएको बाढीका कारण क्षतिग्रस्त भएका सिँचाइ संरचना पुनर्निर्माणका लागि सवा २ अर्व रुपैयाँ लाग्ने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बिहीबार पत्रकार सम्मेलन गरी क्षतिग्रस्त संरचनाका लागि २ अर्ब ११ करोड २२ लाख लाग्ने जानकारी दिएका हुन् ।

उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रीले बिहिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरि सम्भावित बाढीका बारेमा बर्षाद पूर्व जल तथा मौसम विभागबाट पूर्व सूचना जारी गरिएकाले आवश्यक सतर्कता अपनाइएको र बाढीको समयमा जलश्रोत तथा सिञ्चाई विभाग अन्तर्गतका कार्यालयबाट आपतकालीन बचावटका कार्य सञ्चालन गरिएकाले अनुमान गरेभन्दा कम क्षति भएको बताए ।

गत बर्ष ५ अर्ब बजेट निकासा भएकोमा यस बर्ष साढे २ अर्ब मात्रै भएको भन्दै उनले सबै बजेट स्थानीय तहमा गएकाले नदी संरक्षण, नियन्त्रण र जोखिम न्यूनीकरणका लागि तीनवटै सरकारबीच समन्वय आवश्यक पर्ने बताए ।

गत असार २७ देखि २९ गतेसम्मको अबिरल वर्षाका कारण नदी तथा स्थानीय खोलामा आएको बाढीका कारण तराईलगायत मुलुकका विभिन्न स्थानका सिँचाइ आयोजना तथा तटबन्धहरु क्षतिग्रस्त भएका छन् ।