४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

मन्दिरको ५ बिघा जग्गा कब्जा

मन्दिरको ५ बिघा जग्गा कब्जा
अ+ अ-

जनकपुरधाम । जनकपुरधामस्थित हनुमान मन्दिर शृंगार भवनको साढे ५ बिघा व्यक्तिका नाममा दर्ता गरिएको छ। एक अर्बभन्दा बढी मूल्य पर्ने जग्गा मालपोत कार्यालयका कर्मचारी र भूमाफियाको मिलेमतोमा व्यक्तिका नाममा दर्ता गरिएको हो।

जनकपुरधाम उपमहानगरपालिका-१९ र साबिकको बेंगासिहपुर–७ (क)स्थित कित्ता नम्बर ४८८ को ५ बिघा १० कठ्ठा र किता नम्बर ४८९ को १७ धुर व्यक्तिका नाममा नामसारी भएको छ।

उक्त जग्गा मन्दिरले हकभोग गर्ने गरी पूर्वमहन्थ कौशल किशोरका नाममा थियो। हालका महन्थ सूर्यनारायण दासले पूर्वमहन्थ कौशल किशोरलाई बुबा दाबी गर्दै जग्गा एकलौटी नामसारी गराएका हुन्। सूर्यनारायणले बाबुको नाम किर्ते गरी हकभोग आफ्नो नाममा ल्याएका छन्।

उनले विभिन्न समयमा बनाएका सरकारी कागजातमा कतै कौशल किशोर दास, कतै कौशल किशोर ठाकुर त कतै कौशल किशोर ठाकुर भूमिहार लेखिएको छ। सूर्यनारायण दासका शिष्य रामविनय दास आफ्नै आर्जनको उक्त जग्गा बुवाबाट छोरामा नामसारी भएको दाबी गर्छन्। ‘वर्तमान महन्थका बुवा पूर्वमहन्थ कौशल किशोरको जग्गा उनका छोराका नाममा नामसारी भएको हो,’ उनी भन्छन्, ‘यो जग्गा मन्दिरको होइन पूर्व महन्थको निजी हो।’

मन्दिरका महन्थ अविवाहित हुनुपर्छ। मन्दिर गुरुशिष्य परम्पराअनुसार सञ्चालनमा छ। पूर्वमहन्थ कौशल किशोर दास पनि अविवाहित हुन्। जानकी मन्दिरकै स्वामित्वको २५ बिघा जग्गा पूजापाठ, भोजन तथा अतिथि सत्कारका निम्ति हनुमान मन्दिरलाई उपलब्ध गराइएको थियो। हाल नामसारी भएको पाँच बिघा त्यसैअन्तर्गत रहेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव बताउँछन्। ‘यहाँ कुनै पनि मन्दिरमा कोही महन्थ वा पुजारीका छोरा महन्थ वा पुजारी बनेको छैन। सूर्यनारायण दास कसरी कौशल किशोरका छोरा भए ? ’, वैष्णवले भने, ‘मन्दिरका संरक्षक नै भक्षक बन्दै गएका छन्।’

उक्त जग्गा हनुमान मन्दिरकै देखिएकाले तत्काल नामसारी नगर्न वडा कार्यालयले मालपोत कार्यालयलाई २०७५ मंसिर १६ गते पत्राचार गरेको जनकपुरधाम उपमहानगरपालिका-१९ का वडाध्यक्ष जगदीश यादवले बताए।

मालपोतका तत्कालीन प्रमुख रामबाबु मण्डलले वडाको पत्रलाई वेबास्ता गरेको आरोप यादवको छ। मन्ण्डलले जेठ २८ गते उक्त जग्गा व्यक्तिका नाममा नामसारी गरेका हुन्। उनी सोही दिन सरुवा भएर गएका थिए।

पूर्वमहन्थ कौशल किशोर भारत सीतामढीका हुन्। उनले नेपाली नागरिकता कसरी प्राप्त गरे र उनका छोराका रूपमा वर्तमान महन्थ सूर्यनारायण दास कसरी भए भन्ने शंकास्पद रहेको यादव बताउँछन्।

उनले भने, ‘मठमन्दिरका जग्गालाई विभिन्न समयमा भूमाफियाले कब्जा गर्दै आइरहेका बेला यस्ता जग्गा संरक्षण गर्नु सबैको दायित्व हो।’ जग्गा मन्दिरको रहेको भन्दै उजुरी परेपछि कागजात झिकाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ।

‘प्रमाणबिना व्यक्तिका नाममा जग्गा नामसारी गरिएको भन्दै उजुरी परेपछि मालपोतबाट अख्तियारले कागजपत्र लिएर गएको हो,’ जिल्ला मालपोत कार्यालय धनुषाका प्रमुख वासुप्रसाद कोइरालाले भने, ‘म कार्यालयमा हाजिरी हुनुभन्दा एक दिनपहिला जग्गा व्यक्तिका नाममा नामसारी भएको रहेछ।’

भूमाफियाको मिलोमतोमा महन्थ दासलाई प्रलोभनमा पारी जग्गा बेच्ने तयारीसमेत गरेको स्रोतको दाबी छ। जग्गाका नाममा केही भूमाफियाले रकमसमेत उठाइसकेका छन्।

अर्बौंको जग्गा हुँदा पनि मन्दिरको अवस्था जर्जर छ। मन्दिरका भवन बषौदेखि मर्मतसम्भार नहुँदा जीर्ण छन्।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।