१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीसीआर रिपोर्ट नक्कली बनाउने पक्राउ



अ+ अ-

झापा । मेचीनगर नगरपालिका–६ बाट नक्कली पीसीआर रिपोर्ट बनाउने एक व्यक्तिलाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा मेचीनगर–६ काँकरभिट्टाका रिङ्जी टुर एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले बताउनुभयो । प्रहरीले कार्यालयबाट नक्कली रिपोर्ट बनाउने दुई थान ल्यापटप, एक थान प्रिन्टरसमेत बरामद गरेको छ ।

सञ्चालक तामाङले प्रयोग गरेको ल्यापटपमा इमेल जाँच गर्दा मेची प्रादेशिक अस्पताल भद्रपुर, कनकाई पिसिआर ल्याब, विएण्डसी अस्पताल, नेसनल पब्लिक हेल्थ ल्याब टेकु काठमाडौँलगायतका  अफिसियल लेटर प्याडलाई डिजिटल स्क्यान गरी पीसीआर रिपोर्टमा कोरोना नेगेटिभ लेखेर राखिएको फायलसमेत फेला परेको प्रवक्ता पाठकले बताउनुभयो ।

त्यसैगरी अनुसन्धानका क्रममा तामाङले नेपालको निशाना छाप एवं विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय (नेपाल सरकार) अर्थ मन्त्रालय, आन्तरिक राजश्व कार्यालय भद्रपुरलगायतको छापलाई डिजिटल स्क्यान गरी सम्पादन गरेर राखिएको पाइएको उहाँको भनाइ छ ।

सो डकुमेन्ट अस्पतालले तयार नगरेको र रङ्जी टुर एण्ड ट्राभल्सले कीर्ते गरेको खुल्ल आएकाले उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरी जिल्ला अदालत झापाबाट बुधबार सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखेर अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

उनले सो रिपोर्ट भारतलगायत तेस्रो मुलुकका विभिन्न स्थानमा कामका लागि जाने नेपाली, लामो समय नेपाल रहेर घर फर्किने भारतीयसँग रु एक हजार ५०० देखि लिएर पाँच हजारसम्म लिने गरेको पाइएको छ । रासस