४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

भ्यागुतालाई पनि क्वाँटी !

भ्यागुतालाई पनि क्वाँटी !
अ+ अ-

बनेपा । पनौतीका केशव कर्माचार्य ४४ वर्षका भए। हरेक वर्ष जनै पूर्णिमा (गुन्हीपुन्ही) का दिन उनले खेतमै पुगेर भ्यागुतालाई क्वाँटी र चामल खुवाउन थालेको यसपालि ३५औं वर्ष लाग्यो। ‘जनै पूर्णिमाका दिन बिहानै खेतमा क्वाँटी लिएर गइन्थ्यो। समाहा (आलीबाट पानीको निकास) मा क्वाँटी र चामल हालेर एकछिन कुरेर बस्थ्यौं।

एकपछि अर्को भ्यागुतो आउँथ्यो र हामीले दिएको क्वाँटी र चामल खाएर जान्थ्यो,’ पनौती फाँटमा भेटिएका उनले भने, ‘अहिले त जथाभावी विषादीको प्रयोगले होला भ्यागुता नै घटिसके। तैपनि हामीले हाम्रो परम्परा छाडेका छैनौं।’ जनै पूर्णिमाका अवसरमा पनौतीवासीले धानखेतका भ्यागुतालाई क्वाँटी ख्वाउने प्रथा पुस्तौंदेखिको परम्परा रहेको उनको भनाइ छ।

नेवार बाहुल्य गाउँठाउँका किसानले जनै पूर्णिमाका दिन भ्यागुतालाई खाना (क्वाँटी) खुवाउने चलन पुस्तौनी भएको संस्कृतिविद् ज्ञानकाजी मानन्धरले बताए। ‘हामीले खेतीकिसानी गरी कमाएको आफूले मात्रै खाने होइन, हाम्रो खेतीमा मद्दत गर्ने भ्यागुतालगायत मित्र जीवहरूलाई पनि उब्जाउ भएका चीज खुवाउनुपर्छ भनेर हाम्रा पुर्खाहरूले यस्तो थिति बसालेका हुन्,’ उनले भने।

भक्तपुरका किसानहरूले किसानी कार्यअन्तर्गत खनजोत, रोपाइँ गोडमेल गने क्रममा कीरा, फट्यांग्रा, सर्प, भ्यागुता आदि ससाना जीव मर्नसक्ने हुँदा त्यसको दोष हटाउन भ्यागुतालाई खोजेर ल्याई पूजा गरी खाना खुवाई प्रायश्चित गर्ने चलन रहेको मानन्धरको भनाइ छ। ‘नेवारी भाषामा भ्यागुतालाई ब्याङ्चा भनिने र भ्यागुतालाई खाना खुवाउने भएकाले यस पूर्णिमालाई ब्याङ्चा नकेगु पुन्ही भन्ने गरेको पनि पाइन्छ,’ उनले भने।

कीरा तथा ससाना जीवहरूलाई हानि नगरीकनै गरिने खेती प्रणाली (पर्माकल्चर) मा स्वदेशी तथा विदेशी कृषकहरूलाई प्रशिक्षण दिँदै आएका हसेरा कृषि अनुसन्धान तथा तालिम केन्द्रका प्रमुख गोविन्द शर्मा पनि धानबालीमा भ्यागुताले गरेको योगदानलाई किसानले पुख्र्यौली ज्ञानकै आधारले स्मरण गरेको बताउँछन्। ‘कुनै–कुनै ठाउँमा रोपाइँ सकिएलगत्तै किसानहरूले भ्यागुतालाई भात खुवाउने चलन छ। नेवार बस्ती र यससँग जोडिएका बस्तीका किसानहरूले जनै पूर्णिमाका दिन आफूले मात्रै नभई खेतमै गएर भ्यागुतोहरूलाई क्वाँटी र चामल खुवाउने चलन छ,’ उनले भने, ‘धानबालीका शत्रुजीवलाई नष्ट गरिदिएकोमा किसानले भ्यागुतोको योगदानलाई कदर गरेका हुन्।’

धेरै पारिस्थितिकीय प्रणालीमा भ्यागुतालगायत जीवले खाद्य चक्रमा महŒवपूर्ण योगदान गर्ने भएकाले हजारौं वर्षदेखि भ्यागुतालाई खुवाउने परम्परा चलेको हुन सक्ने इसिमोडका इकोसिस्टम म्यानेजमेन्ट विज्ञ लक्ष्मीदत्त भट्टले बताए। ‘भ्यागुताजस्ता उभयचर जीवहरूको संख्या घटेको खण्डमा बालीनालीमा मात्रै नभई मानिसको दैनिकीमै असर हुने भएकाले पुर्खाहरूले संरक्षणका उपायहरूमध्ये एउटा विधिका रूपमा भ्यागुतालाई खुवाउन थालेको हुनुपर्छ,’ उनले तर्क गरे।

पछिल्ला वर्षमा बढी धान फलाउने होडमा विषादीहरूको जथाभावी प्रयोगले भ्यागुतालगायत ससना जीवमा नकारात्मक प्रभाव पर्दै गएको भट्टको भनाइ छ। ‘पारिस्थितिकीय प्रणालीको सन्तुलन, वातावरणीय सन्तुलन, लामखुट्टे तथा शत्रु जीव नियन्त्रण, पानी शुद्धीकरण, उत्पादकत्व बढाउन भ्यागुताको भूमिका महत्वपूर्ण मानिन्छ,’ उनले थपे, ‘तर भ्यागुता लोप हुँदै जाँदा यिनीहरूमार्फत जीवन गुजारा गर्ने प्राणी (बकुल्ला, सर्प आदि) को आहारा पनि हराउँछ। यस्तै प्राकृतिक तरिकाले कीराफट्यांग्रालाई नियन्त्रण गर्ने भ्यागुताको संख्या घट्दै जाँदा खेतीप्रणाली झन् झन् रासायनिक हुँदै जाने हुँदा पर्यावरणीय हिसाबले समेत समस्या निम्तिन सक्छ,’ भट्टले भने।

खाद्य शृंखला (फुड चेन) को मध्यभागमा रहेका भ्यागुतालगायत अन्य उभयचर प्राणीहरूको संरक्षणमा नेपालले खासै प्राथमिकता नदिएको अवस्था रहेको अन्तर्राष्ट्रिय संस्था ‘सेभ त फ्रग्स’की सदस्य वन्दना अधिकारीको अनुभव छ। ‘खाद्य शृंखला (फुड चेन) को मध्य भागमा रहेका भ्यागुताहरूले धानबालीमा हानि पुर्याउने शत्रुजीवहरूलाई खाइदिने भएकाले किसानले मन पराएका हुन्,’ उनले भनिन्, ‘यस्तै भ्यागुताको उपस्थिति भनेको सो क्षेत्र वरपरको वातावरणीय स्वास्थ्य राम्रो रहेको भन्ने एउटा सूचक पनि हो। यसैले पनि भ्यागुताको संरक्षणमा बेलैमा सबैले सहयोग गर्नुपर्छ।’

एक अध्ययनअनुसार विश्वभरि भ्यागुताका ७ हजार ४ सय ५ प्रजाति पाइने गरेका छन्। ‘सेभ द फ्रग्स’का अनुसार सन् १९८० को दशकयता २ सय प्रजातिका भ्यागुता पूर्ण रूपमा लोप भइसकेका छन्। नेपालमा १२ प्रजातिका रैथाने भ्यागुता पाइने गरेका छन्। नेपालमा पाइने भ्यागुतामध्ये चार प्रजातिका भ्यागुता संकटापन्न अवस्थामा पुगेका बताइन्छ।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।