४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

संसदमै अड्कियो राहदानी विधेयक

संसदमै अड्कियो राहदानी विधेयक
अ+ अ-

काठमाडौं । राहदानी विधेयकमाथि संसद्मा छलफल नहुँदा पारित कहिले हुने भन्नेबारे अन्योल भएको छ। प्रतिनिधिसभाले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको राहदानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रपतिबाट पुनर्विचार गर्नुपर्ने भन्दै फिर्ता आएपछि संसद्ले यसलाई अघि बढाएको छैन। यस विधेयकमाथि संसद्मा एकपटक मात्र छलफल भएको छ।

विधेयकलाई फेरि नयाँ विधेयककै प्रक्रियामा अघि बढाउनुपर्ने भएपछि विधेयकमाथिको छलफल रोकिएको हो। नयाँ प्रक्रिया अपनाउँदा राष्ट्रियसभा र प्रतिनिधिसभामा छलफल पुन छलफल गर्नुपर्ने हुन्छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी विधेयकलाई पुनर्विचार गर्नुपर्ने भन्दै प्रतिनिधिसभामा गत जेठ ८ गते फिर्ता पठाएकी थिन्। संसद्मा अन्य विधेयक पनि छलफलमै रहेकाले राहदानी विधेयकलाई ठाउँ दिइएको छैन। विधेयक कहिले पारित हुन्छ भन्ने अन्योलमै रहेका बखतमा सरकारले संसद् अधिवेशन अन्त्य गर्ने तयारी गरिरहेको छ। संसद् अधिवेशन अन्त्य भएमा राहदानी विधेयक पारित गर्ने प्रक्रिया लम्बिने छ। अहिलेसम्म विधेयक अघि बढाउन नखोजेपछि चालु अधिवेशनमा राहदानी विधेयकमाथि छलफल हुनसक्ने अवस्था नदेखिएको संसद् सचिवालय स्रोतले बताएको छ। यो विधेयक फेरि प्रतिनिधिसभा र राष्ट्रियसभामा छलफल हुनुपर्ने भएका कारण चालु अधिवेशनमा पारित हुन सम्भावना नभएको स्रोतले बतायो।

संसद् नियमावलीको नियम १३६ उपनियम १ र २ मा राष्ट्रपतिबाट फिर्ता भएको विधेयक कसरी अघि बढाउने भन्नेबारे उल्लेख छ। फिर्ता भएको विधेयकबारे महासचिव वा सचिवले प्रतिनिधिसभामा जानकारी दिने वा अधिवेशन नभएको अवस्थामा सूचना जारी गर्ने व्यवस्था सो नियममा छ।

विधेयक फिर्ताबारे जानकारी दिएपछि बसेको प्रतिनिधिसभाको कुनै बैठकले त्यस्तो विधेयक प्रस्तुतकर्ता सदस्यले विधेयकमाथि सदनमा पुनर्विचार गरियोस् वा पुनर्विचारका लागि विधेयकलाई सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव गर्नुपर्ने व्यवस्था छ। समितिले दिएको प्रतिवेदन पारित भएपछि त्यसलाई अर्को सदनमा पठाइन्छ।

राहदानी विधेयक बजेटमाथिको छलफलका कारण केही समय पर धकेलिने बताए पनि बजेट पारित भएको महिना बितिसके पनि यो विधेयकले ठाउँ पाएको छैन। राहदानी विधेयक राष्ट्रपतिबाट संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचार हुनुपर्ने भन्दै फिर्ता भएको हो। प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पुगेको विधेयक फिर्ता नहुँदै प्रतिनिधिसभाले राष्ट्रपति भण्डारी समक्ष प्रमाणीकरणका लागि विधेयक पठाएको थियो।

प्रतिनिधिसभाको गत वैशाख २० गतेको बैठकले राहदानी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउन निर्णयार्थ प्रस्तुत गरेको थियो। त्यसलाई सभाबाट पारित गरिएको थियो। राष्ट्रियसभामा छलफलमै रहेको विधेयक छाडेर प्रतिनिधिसभाले आफैले पारित गरको विधेयक राष्ट्रपतिसमक्ष पठाएपछि त्यसको आलोचना भएको थियो।

राष्ट्रियसभाका सदस्य राधेश्याम अधिकारीले राष्ट्रपति हस्तक्षेपको अपेक्षा भन्दै लेखसमेत लेखेका थिए। राष्ट्रपतिले संविधानको धारा ११३ उपधारा ३ अनुसार विधेयक फिर्ता पठाएकी थिइन्। राष्ट्रियसभाको विधायन समितिले विधेयक प्रतिवेदन गत फागुन ८ गते राष्ट्रियसभामा पेस गरेको थियो।

राष्ट्रियसभाले पारित गर्न बाँकी रहेको अवस्थामा प्रतिनिधिसभाले विधेयक राष्ट्रपतिसमक्ष पठाएको थियो। विधेयकमा मुद्दा लागेको व्यक्तिलाई राहदानी नदिने व्यवस्था गरिएको छ। कुन नागरिकलाई कुन मुद्दा लागेको छ कि छैन भन्ने छानबिन परराष्ट्र मन्त्रालयले गर्ने व्यवस्था विधेयकमा गरेको छ। यस्तो छानबिन कसरी गर्ने भन्ने प्रश्नगर्दै राष्ट्रियसभाको विधायन समितिले यो प्रावधान हटाएको थियो।

राहदानी विभागले मनासिव कारण देखिएमा राहदानी जारी गर्न नसक्ने कुरा उल्लेख गरेर विधायन समितिले प्रतिनिधिसभाको भन्दा फरक प्रतिवेदन तयार गरेको थियो।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।