११ आश्विन २०८१, शुक्रबार
,
Latest
जेबिएनएल सेक्यूरिटिज् ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज र नित्यानन्द सिफारिस भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो यस्तो छ प्रहरीको चाडबाड सुरक्षा योजना अस्ट्रेलियामा एमपक्सका बिरामीको सङ्ख्यामा वृद्धि मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ: परराष्ट्रमन्त्री भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्नसके दोब्बर पर्यटक नेपाल भित्रिन्छन्ः अध्यक्ष शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा अध्ययन गर्न छात्रवृत्ति



अ+ अ-

प्रिटोरिया । दक्षिण अफ्रिकाका ५६ जनाले चीनमा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेका छन् । दक्षिण अफ्रिकास्थित चिनियाँ राजदूत लिन सोङटियानले छात्रवृत्तिका लागि छनौटमा परेका विद्यार्थीहरु चाँडै चीन प्रस्थान गर्ने बताए ।

छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुका लागि आयोजित स्वागत समारोहमा राजदूत लिनले चीन र दक्षिण अफ्रिकाबीचको आपसी समझदारी र मित्रता अभिवृद्धिमा यस छात्रवृत्ति कार्यक्रमले ठूलो मद्दत गर्ने बताए । सन् २००१ देखि प्रारम्भ भएको छात्रवृत्ति कार्यक्रमबाट हालसम्म ४०० भन्दा बढी अफ्रिकी विद्यार्थीले लाभ लिइसकेका छन् । पछिल्ला वर्षमा चिनियाँ छात्रवृत्ति बढ्दै गएको छ ।

राजदूत लिने यस वर्ष १५० जनाभन्दा बढी विद्यार्थीलाई चिनियाँ विश्वविद्यालयमा अध्ययनको अवसर दिइन लागेको बताए । हाल, चीनमा अध्ययनरत चिनियाँ विद्यार्थीको संख्या तीन हजार नाघेको छ । यो संख्या पहिलो पाँच वर्षको भन्दा सातगुणा बढी हो ।