२१ भाद्र २०८३, आईतवार
,
Latest
पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको स्वास्थ्य सामान्यः भेटघाट र बैठक शुरु



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा सुधार आएपछि बिहानदेखि नियमित भेटघाट र महत्वपूर्ण काममा सक्रिय भएका छन् । प्रधानमन्त्री ओलीले आज बिहान प्रम निवास बालुवाटारमा झापा क्षेत्र नं ५ का अगुवा कार्यकर्तासँग भेटघाट गर्नुभएको थियो । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयका बैठकमा पनि सहभागी भएका हुन् ।

गत साता सिङ्गापुरमा नियमित स्वास्थ्य परीक्षण गराई स्वदेश फर्केका प्रधानमन्त्री ओली बिहीबार ज्वरोका कारण सामान्य अस्वस्थ्य भएका कारण नेकपाको बैठक सरेको थियो । झापाली कार्यकर्तालाई ओलीले ताजगी मुद्रामा सोधे, “म सिकिस्तै भएँ कि भन्ने लागेर भेट्न आउनुभएको हो कि क्या हो ?” उनले ती कार्यकर्तालाई आफू स्वास्थ्य रहेको तर बाहिर बढी प्रचार भएको जनाएको उनका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले बताए ।

झापा ५ नं निर्वाचन क्षेत्र र समग्र जिल्लाको विकास निर्माणका सम्बन्धमा चर्चा गर्न बालुवाटार पुगेका नेकपाका अगुवा कार्यकर्तासँग प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यको विषयमा चलाइएका निराधार हल्लाको प्रसङ्ग उल्लेख गर्दै भने, “हिजो मलाई एकछिन ९९ देखि १०० डिग्री ज्वरो आएको थियो । एउटा सिटामोल खाइदिएपछि सबै निको भयो । बाहिर म सिकिस्त भएजस्तै अफवाह फैलाइयो ।”

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका सम्बन्धमा सरोकार राख्ने शुभचिन्तकसँग भने, “गत हप्ता सिङ्गापुरमा आँखा, कान, घाँटी र बूढीऔँलादेखि कान्छीऔँलाका नङसम्म परीक्षण गरेर आएको छु । डाक्टरले सबै अङ्ग ठीक छ भनेका छन् । अब २०–२५ वर्ष केही हँुदैन भन्छन् । त्यस कारण म बिरामी होइन ।”