४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

६ करोड ३ लाखसहित ‘बेपत्ता’ भएका सहकारीका अध्यक्ष बुटवलबाट पक्राउ

६ करोड ३ लाखसहित  ‘बेपत्ता’ भएका सहकारीका अध्यक्ष बुटवलबाट पक्राउ
अ+ अ-

सुनसरी । सहकारीमा बचत गरेको करोडौं रुपैयाँ अपचलन गरी असार २३ गतेदेखि ‘बेपत्ता’ भएका धरान–१२ स्थित सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण दर्नाल विश्वकर्मा बुटवलबाट पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौनेका अनुसार फरार भएपनि विश्वकर्मा बुटवलमा लुकिछिपी बस्दै आएका थिए । फरार रहेका उनको खोजीलाई प्रहरीले तिब्र बनाएको थियो ।पक्राउ परेका विश्वकर्माले बचतकर्ताको रकम अपचलन गर्न आफ्नो छोरा मोहनलाई प्रबन्धक र साली कमलादेवी विकलाई लेखा प्रमुख बनाएको रहस्य पनि खुलेको छ ।

मोहन र कमला यसअघि नै पक्राउ परेका थिए । तीनजनाको मिलोमतो अनुसार बचतकर्तालाई सहकारीको पासवुक बनाइदिएपनि अधिकांशको नाम सहकारीमा दर्ता नगरी अध्यक्ष कृष्णको नाममा रहेको शिखर सगरमाथा ज्वेलरी प्रालिमा लगानी गरेको रहस्य पनि खुलेको छ । शिखर सगरमाथा उनका माइला छोरा महेश दर्नालले हेर्ने गरेका थिए । उनी हाल फरार छन् ।

प्रहरीले गरेको अनुसन्धानबाट शिखर सगरमाथा सहकारी संस्थामा सर्वसाधारणले बचत गरको रकम विकले सञ्चालन गरको शिखर समरमाथा ज्वेलरी प्रा.लि. लगानी गर्ने गरेको पाइएको छ । प्रहरीका अनुसार बुटवलस्थित विश्वकर्माको डेराबाट सुनजस्तो देखिने धातुको गरगहनाहरु १६३.२९६ ग्राम र चाँदी जस्तो देखिने धातु २७९.९३६ ग्राम समेत बराबद गरेको छ ।

यसअघि असार २४ गते उनका छोरा मोहनले बाबु कृष्ण हराएकाले खोजतलास गरिपाउँ भनेर इलाका प्रहरी कार्यालय धरानमा निवेदनसमेत दिएको नाटक पनि गरेका थिए ।प्रहरीले अध्यक्ष विश्वकर्माले छोराहरु र सालीसँग मिलेर सहकारीको रकम हिनामिना गरेको भन्दै ८५ जना बचतकर्ताहरुले उजुरी दिएको जनाएको छ ।

उनिमाथि बचतकर्ताहरुले ६ करोड ३ लाख २० हजार ६ सय ६५ रुपैया हिनामिना गरेको आरोप रहेको छ ।यसअघि अध्यक्ष विक वेपत्ता भएलगतै उपाध्यक्ष विष्णुकुमारी श्रेष्ठसहित १२ जना सञ्चालक समितिका सदस्यहरुले हिसाव किताव खोजीनीति गर्न धरान उपमहानगरको सहकारी विकास समितिमा निवेदन दिएका थिए । त्यसपछि उपमहानगरपालिकाले टंक सुवेदीको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । समितिले सहकारीका अध्यक्ष कृष्ण, प्रबन्धक मोहन र शिखर सगरमाथा ज्वेलरी प्रालिले बदमासी गरेको ठहर गरेको प्रतिवेदन बनाएको थियो ।