२१ भाद्र २०८३, आईतवार
,
Latest
तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार लामिछानेलाई ५ दिन हिरासतमा राख्न अनुमति



अ+ अ-

चितवन । पत्रकार रवि लामिछानेसहित दुई जनालाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो ।चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले म्याद थप गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई शुक्रबार जिल्ला अदालत चितवनमा उपस्थित गराएको थियो ।

अदालतसँग प्रहरीले १० दिनको समय मागेकोमा ५ दिन म्याद पाएको हो । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि प्रहरीले लामिछाने र कँडेललाई बिहिबार साँझ न्युज २४ को कार्यालयबाट पक्राउ गरेको थियो ।

लामिछानेसँगै, कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले कडा सुरक्षाकावीच मध्यरात १ बजे चितवन लगिएको थियो । उनिहरुको भरतपुर अस्पतालमा स्वास्थ्य जाँच गरिएको थियो । प्रहरी हिरासतमा उनिहरुलाई कार्यालयमा उपलब्ध स्रोत साधन दिएर राखेको चितवनका प्रहरी प्रमुख एसपी दान बहादुर मल्लले जानकारी दिएका छन् ।

लामिछाने पक्राउको विरोधमा शुक्रबार प्रहरी कार्यलय अगाडी बिहानैदेखि समर्थकहरुले चर्को नाराबाजी गरिरहेका छन् । उनिहरुले लामिछानेलाई फसाउन चलखेल भन्दै तुरुन्त स–समान सहित रिहाइ गर्न माग गर्दै नाराबाजी गरेका हुन् ।

यसैबीच शुक्रबार दिउँसो पत्रकार महासंघ न्यूज-२४ प्रतिष्ठानले उक प्रेस विज्ञाप्ती जारी गर्दै कार्यक्रम प्रशारण हुन एक घन्टा २५ मिनेट मात्रै बाँकी रहँदा अन्तर्राष्ट्रिय मूल्य, मान्यता विपरित पत्रकारद्वयलाई नियन्त्रणमा लिइएको बताएको छ ।

पुडासैनी गत साउन २१ गते चितवनको भरतपुरस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलमा मृत अवस्थामा फेला परेका थिए । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा न २ कुमरी घर भएका पत्रकार पुडासैनी लामो समय न्युज २४ मा लामिछानेको ‘सिधा कुरा जनतासंग” कार्यक्रमा काम गरेका पत्रकार हुन्।

हालैमात्र उनी सो टेलिभिजन छाडेर माउण्टेन टेलिभिजनमा कार्यरत थिए । उनले ‘मिसन न्युज’ कार्यक्रम चलाउँदै आएका थिए । उनले अन्तिम पटक माउन्टेन टेलिभिजनको मिशन न्युज कार्यक्रममा राजमार्गका होटलहरुमा भए गरेका बेथिति र लुटको बारेको समाचार लेखेका थिए।

उनले सो समाचारमा राजमार्गका होटलहरुले कुहीएको खाना महङ्गगोमा खसीको मासु भन्दै बाख्राको मासुसगँ बेच्दै गरेको समाचार उजागर गरेका थिए।