२१ भाद्र २०८३, आईतवार
,
Latest
तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

तान्जानियामा लगानी बढाउन अफ्रिकी राष्ट्रपतिसँग आग्रह



अ+ अ-

दार एस सलाम । तान्जानियाका राष्ट्रपति जोन मागुफुलीले आफ्नो मुलुकमा लगानी भित्र्याउनेतर्फ सहयोग गर्न दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसासँग आग्रह गर्नुभएको छ ।

दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसा हाल तान्जानियाको तीन दिने राजकीय भ्रमणमा हुनुहुन्छ ।

राष्ट्रपति मागुफुलीले दक्षिण अफ्रिकासँग आर्थिक सहयोगका विविध क्षेत्रमा मिलेर सहकार्य गर्न आफ्नो मुलुक तयार रहेको पनि बताउनुभएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसासँगको द्विपक्षीय वार्ताका क्रममा राष्ट्रपति मागुफुलीले दक्षिण अफ्रिकाका व्यापारिक समुदायलाई आफ्नो मुलुकमा लगानीका निम्ति अनुकूल अवस्था सिर्जना गरिदिन पनि अफ्रिकी राष्ट्रपति समक्ष आग्रह गर्नुभएको थियो ।

तान्जानियालाई आगामी सन् २०२५ सम्ममा मध्य आययुक्त मुलुक बनाउने योजना सफल बनाउन दक्षिण अफ्रिकाको सहयोग पनि अति जरुरी रहेको त्यस अवसरमा राष्ट्रपति मागुफुलीले बताउनुभएको थियो । दक्षिण अफ्रिकासँग रहेको नवीन औद्योगिक प्रविधिलाई तान्जानियामा पनि विस्तार गर्न सकिने उहाँको भनाई छ ।

“दक्षिण अफ्रिकी लगानीकर्ताहरुसँग औषधि उत्पादन र खनिज प्रशोधनमा व्यापक क्षमता छ । यी उद्योग तान्जानियामा स्थापना गर्नेगरी हामी जस्तोसुकै सहयोग गर्न तत्पर छौं,” राष्ट्रपतिले भन्नुभयो ।
त्यस अवसरमा राष्ट्रपति मागुफुलीले आफ्नो मुलुकको प्रचूर संभावनायुक्त पर्यटन क्षेत्रमा लगानी बढाउन र बढीभन्दा बढी अफ्रिकी पर्यटकलाई स्वागत गर्न आफ्नो मुलुक तत्पर रहेको बताउनुभएको थियो । दक्षिण अफ्रिकामा बर्सेनि एक करोड पर्यटक आउँछन् भने तान्जानियामा करिब १५ लाख पर्यटकले भ्रमण गर्दछन् ।

हाल तान्जानियामा उत्पादित निकासीयोग्य सामग्रीमध्ये करिब ७० प्रतिशत दक्षिण अफ्रिका निकासी हुन्छ । पछिल्ला वर्ष यी दुई मुलुकबीचको व्यापार वृद्धि बढ्दै गएको छ ।
एक तथ्याँक अनुसार सन् २०१८ मा दुई मुलुकबीचको व्यापार करिब एक अर्ब अमेरिकी डलर थियो ।

दुई राष्ट्रपतिको वार्ताका क्रममा दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसाले तान्जानियामा हाल २२८ वटा अफ्रिकी कम्पनी कार्यरत रहेका र त्यहाँ २१ हजारभन्दा बढीले रोजगारी पाइरहेको बताउनुभयो । उहाँले तान्जानियामा दक्षिण अफ्रिकी लगानी बढाउन आफूले सक्दो पहल गर्ने बताउँदै तान्जानियाका लगानीकर्तालाई पनि दक्षिण अफ्रिकामा लगानीका लागि आमन्त्रण गर्नुभयो ।

तान्जानियाले पछिल्ला वर्षमा खाद्य उत्पादनमा गरिरहेको प्रगति निकै सन्तोषजनक रहेको चर्चा गर्दै राष्ट्रपति रामाफोसाले तान्जानियाबाट खाद्य सामग्री खरिदलाई निरन्तरता दिइने बताउनुभयो ।