५ असार २०८३, शुक्रबार
,
Latest
गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

उप–निर्वाचनमा कांग्रेस दुईपार्टी जस्तो हुनु भएन: सभापति देउवा



अ+ अ-

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आगामि मंसिरमा हुने उप–निर्वाचनले कांग्रेसको दुई गुटलाई एउटै पार्टी बनाउने गरि एकता गराउनुपर्ने जिकिर गरेका छन् । पार्टि एकता उपनिर्वाचनबाट नै सम्भव हुने उनले बताए । प्रतिनिधिसभातर्फ कास्की–२ लगायतका क्षेत्रमा उपनिर्वाचन हुँदै गर्दा यता सबै मिलेर उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताएर एकताको सन्देश दिनुपर्ने उनले बताएका हुन् ।

कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गण्डकी प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरिएको दुईदिने प्रदेशस्तरीय प्रशिक्षणमा सभापति देउवाले अब पनि दुई पार्टीको रुप देखाउन नहुने बताए । एमाले र माओवादी दुईवटा पार्टी मिलेर एक बनिरहँदा सिंगो पार्टी रहेको कांग्रेस दुईवटा देखिएको र यसले पार्टिमा खलल ल्याउने उनले प्रस्ट बताए। त्यसैले एकपार्टी बनेर निर्वाचनमा जित हासिल गर्नुपर्ने उनको भनाई छ ।

‘उप–निर्वाचनमा कांग्रेस दुईपार्टी जस्तो हुनु भएन । कम्युनिष्टको दुई पार्टी एउटा जस्तो देखिएको छ, तर, सिंगो कांग्रेस दुइवटा जस्तो देखिएको छ,’ देउवाले भने, ‘अब कुनै पनि हालतमा दुई पार्टी जस्तो हुनु भएन। चुनावमा टिकट एउटाले पाउँछ, टिकट पाउनेलाई हराउने काम गर्न पाइदैन। चुनावमा सबै एक भएर लाग्नुपर्छ।’ कुनैपनि हालतमा चुनाव जिताएर देखाउनुपर्ने उनले बताए।