१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धर्म प्रचार गरेको अभियोगमा ४ जना पक्राउ, बाइबलसमेत बरामद



अ+ अ-

सल्यान । धर्म प्रचार गरेको अभियोगमा सल्यान प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका २० वर्षीय तुलबहादुर परियार, सोहि ठाउँका २१ वर्षीया रुपा सोनाम, घोराही उपमहानगरपालिका–१५ का २९ वर्षीय चन्द्रकली रावत र रोल्पा नगरपालिका–६का ३० वर्षीया भीम कुमारी विक रहेको प्रहरीले जनाएको छ।

शारदा नगरपालिका–१ शान्तीनगरमा जबरजस्ती धर्म प्रचार गर्दै हिँडेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी बिरेन्द्र बहादुर शाहीले जानकारी दिए।

प्रहरीले उनीहरुको साथबाट एकएक थान बाइबलसहित धर्म प्रचारका विभिन्न सामग्री समेत बरामद गरेको छ। पक्राउ परेकाहरुलाई धर्मसम्बन्धी कसुर अन्तरगतको मुद्दा चलाइने प्रहरीले जनाएको छ।

मुलुकी फौजदारी अनुसार धर्मसम्बन्धी कसुर गर्नेलाइ ५ वर्षसम्म जेल र ५० हजार जरिवानाको सजाय हुनसक्ने कानुनी व्यवस्था छ।




भर्खरै