१३ असार २०८३, शनिबार
,
Latest
नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपमा ओमिक्रोन भाइरसको विस्तार तीव्र



अ+ अ-

ब्रसेल्स । युरोपेली आयोगका अध्यक्ष उर्सुला भन डेर लेयनले जनवरीको मध्यसम्ममा २७ सदस्यीय युरोपेली युनियनमा ओमिक्रोन भेरिएन्ट सम्भवतः कोरोना भाइरसको सबैभन्दा ठूलो तनाव बन्ने बताउनुभएको छ । ‘तपाइँहरुमध्ये धेरैजस्तो म पनि दुःखी छु, यो क्रिसमसलाई फेरि एकपटक महामारीले ओझेलमा पारेको छ’ बुधबार भोन डेर लेयनले ब्रसेल्समा पत्रकार सम्मेलनमा भन्नुभयो । 

ओमिक्रोन अत्यधिक सङ्क्रामक छ । स्वास्थ्य अधिकारीहरुका अनुसार हङकङका अनुसन्धानकर्ताहरुले हालै जारी गरेको एक अध्ययनमा यो डेल्टा भेरिएन्टको तुलनामा एक पटक होस्टमा ७० गुण प्रतिकृति बनाउँछ र यो भेरिएन्टले तीव्र गतिका साथ युरोप महाद्वीपमा हानी गरिरहेको छ । 

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस गेब्रेयससले मङ्गलबार पत्रकारहरुसँग भन्नुभएको थियो, ‘ओमिक्रोन हामीले अघिल्लो भेरिएन्टमा नदेखिएको दरमा फैलिरहेको छ ।’ योभन्दा पनि चिन्ताजनक कुरा के हो भने जति मानिसले पहिला नै कोभिड–१९ विरुद्धको दुई वटा खोप लगाइरहेका छन् तिनलाई नै ओमिक्रोन भेरिएन्ट देखिएको छ र पूर्ण खोप लगाएका एक व्यक्तिको बेलायतमा ओमिक्रोन भेरिएन्टबाट मृत्यु भइसकेको छ । 

‘मलाई एकदम स्पष्ट हुन आवश्यक छ, खोपले मात्र कुनै पनि देशलाई यो सङ्कटबाट बाहिर निकाल्न सक्तैन’, टेड्रोसले भन्नुभयो, ‘मास्क, दूरी, भेन्टिलेसन वा हातको स्वच्छताको सट्टा खोप होइन, यी सबै गर्नुहोस्, यसलाई लगातार गर्नुहोस्, राम्रोसँग गर्नुहोस् ।’

बेलायतमा बुधबार पछिल्लो २४ घण्टामा कोभिडका ७८ हजार ६१० केस देखियो जुन अहिलेसम्मको रेकर्ड थियो । प्रधानमन्त्री बोरिस जोन्सनले ओमिक्रोनका केसहरुले ‘ज्वारभाटाको लहर’ ल्याउने चेतावनी दिनुभएको छ । ओमिक्रोन लण्डनमा पहिले नै तनावको विषय बनेको छ । लण्डनमा पहिलोपटक नोभेम्बरको अन्त्यमा ओमिक्रोन भेरिएन्ट फेला परेको थियो । त्यो बेलादेखि पाँच हजार ३०० भन्दा धेरै ओमिक्रोनको केस देखिएको छ । 

बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीका प्रमुख डा जेनी ह्यारिसले बुधबार एक संसदीय समितिमा बेलायतका अधिकांश हिस्सामा दुई दिनभन्दा कम समयमा ओमिक्रोन भेरिएन्टका केस दोब्बर भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ओमिक्रोन सम्भवतः सबैभन्दा महत्वपूर्ण खतरा हो जुन हामीले महामारीको सुरुदेखि नै भोगेका छौँ ।’ उहाँका अनुसार नयाँ केसहरुको सङ्ख्या त्यो स्तरमा बढ्नेछ जसले सबैलाई चकित बनाउनेछ । 

युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोलले बुधबार युरोपेली मुलुकहरुलाई सार्वजनिक यातायातमा मास्क लगाउनुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने र भीडलाई नियन्त्रण गर्नुपर्ने जस्ता उपायलाई पुनः सुरु गर्न एउटा रिपोर्ट जारी गरेको थियो । रिपोर्टमा समुदायमा ओमिक्रोन भेरिएन्ट फैलिएको विषय पूरा युरोपमा देखिएको स्पष्ट रहेको र दोब्बर खोप लगाएका समूहमा पनि नयाँ भेरिएन्ट देखिएको बताइएको छ । सो संस्थाले निकट भविष्यमा ओमिक्रोनका मामिला अझ तीव्र हुने बताएको छ ।