२२ असार २०८३, सोमबार
,
Latest
देउवा समूहले वीपी स्मृति दिवस छुट्टै मनाउने तनहुँका दुई स्थानीय तहको बजेट पारित बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक बैतडीमा घर भत्किँदा तीन जना घाइते रास्वपाले बनायो २८ केन्द्रीय विभाग, मनोनयन हुन बाँकी विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन नेपाल विशेष सेवा ऐन, २९४२ को साविकको व्यवस्था जगाउने सम्बन्धि विधेयक, २०८३ प्रतिनिधि सभामा पेश गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा रास्वपासँग निकटताबारे प्रश्न गर्नेलाई बाबुरामको जवाफ: ‘म विकास र समृद्धिकै खोजीमा छु’ स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘फूलमती’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । गायक रोशन बालुवा र गायिका स्मृति बोहराको ‘फूलमती’ नामक नयाँ गीत सार्वजनिक भएको छ।

चर्चित संगीतकार टंक बुढाथोकीको युट्युब च्यानलमार्फत उक्त गीत आज सार्वजनिक गरिएको छ । डि.पी. खनालको शब्द रचना रहेको उक्त गीतमा रोशन बालुवाले नै संगीत भरेका छन् । त्यस्तै, गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन् ।

उक्त गीतको कोरियोग्राफी भने मोडलसमेत रहेका सागर कार्कीले गरेका हुन् । गीतको मुख्य भूमिकामा सागरसहित स्मृति बोहरा रेग्मी र अञ्जु विश्वकर्मा देखिएका छन् ।

गीतको छायांकन जनक अधिकारीले गरेका हुन भने भिडियो निर्देशन सोनु कुमारले गरेका हुन्। गीतमा मिक्सिङ भने सन्तोष पौडेलले भरेका छन् । भिडियो ललितपुरको भैंसेपाटीमा छायांकन गरिएको मोडल कार्कीले जानकारी दिए ।

https://www.youtube.com/watch?v=XYb3eoeGkdk