११ आश्विन २०८१, शुक्रबार
,
Latest
सहकारी ठगी प्रकरणमा फरार रहेका ढोरपाटनका मेयर भारतमा पक्राउ स्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा छविलाल जोशीलाई थप ७ दिन हिरासतमै राख्न अनुमति नारायणगढ–मुग्लिन सडकमा आज रातभर गाडी चलाउन नपाइने राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निओ रेमिट तथा युनाईटेड रेमिट बीच रेमिट्यान्स भुक्तानी गर्ने सम्झौता जलवायु परिवर्तनको असर न्युनिकरण गर्न नेपाललाई वाह्य वित्तीय स्रोत आवश्यक छः गभर्नर अधिकारी जेबिएनएल सेक्यूरिटिज् ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियाको स्वतन्त्रता दिवस काठमाडौँमा पनि मनाइयो



अ+ अ-

काठमाडौं । गणतन्त्र इण्डोनेशियाको ७४ औं स्वतन्त्रता दिवस शनिबार नेपालका लागि इण्डोनेशियाको अवैतनिक महावाणिज्यदुतावासको पहलमा काठमाडौँमा पनि मनाइएको छ ।


नेपालका लागि इण्डोनेशियाका अवैतनिक महावाणिज्यदूत एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौँमा रहेको इण्डोनेशियाको महावाणिज्यदूताबासको कार्यालय आइएमइ कम्प्लेक्स, पानी पोखरीमा झण्डोत्तलन गर्नुभएको थियो ।


कार्यक्रममा नेपालमा बसोबास गरिरहेका इण्डोनेशियाली नागरिकहरु, वाणिज्यदूताबास कार्यालयका कर्मचारीलगायतको उल्लेख्य उपस्थिति थियो ।


इण्डोनेसियको शान्ति र समृद्विको कामना गर्दै अवैतनिक महाबाणिज्यदूत ढकालले सन् २००८ देखि नै बिभिन्न उद्देश्यले नेपालमा बसोबास गरिरहेका इण्डोनेसियाली नागरिकसँग सँगै बसेर इण्डोनेसियाको स्वतन्त्रता दिवस मनाउन पाउँदा खुशी लागेको बताउनुभयो ।


नेपाल र गणतन्त्र इण्डोनेशियाबीच सन् १९६० मा औपचारिक रुपमा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।


गणतन्त्र इण्डोनेशियाले आइएमई ग्रुपका अध्यक्ष ढकाललाई नेपालका लागि अवैतनिक महावाणिज्यदुतमा नियुक्त गरे यता यी दुई देशबीचको सम्बन्ध थप सुमधुर बन्नुका साथै द्धिपक्षीय हित एवम् सांस्कृतिक तथा व्यापारिक साझेदारीका कार्यक्रमहरु विस्तारित हुदै आएका छन् ।


नेपालका लागि इण्डोनेशियाको गैह्र आवासीय राजदुतको कार्यालय बंगलादेशको ढाकामा अवस्थित छ । इण्डोनेशिया आसियान राष्ट्रहरूमध्येको सबैभन्दा ठूलो अर्थतन्त्र हो ।


नेपाल र इण्डोनेशियाबीचको व्यापारको परिमाण पछिल्ला वर्षहरुमा बढ्दै गएको छ । दुई देशबीच पर्यटन लगायत विभिन्न व्यापार व्यवसायका क्षेत्रमा थुप्रै सम्भावनाहरु रहेका छन् ।