काठमाडौँः वरिष्ठ कलाकार शुभद्रा अधिकारीको अन्त्येष्टि गरिएको छ । दम र निमोनिया रोगले पीडित अधिकारीको शनिबार बिहान निधन भएको थियो ।
नृत्य, रङ्गमञ्च हुँदै चलचित्र कलाकारका रुपमा समेत लामो समय कलाकारिता गर्नुभएकी अधिकारीलाई सरकारले विशिष्ट श्रेणीको सुविधा दिँदै आएको नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्काले जानकारी दिनुभयो ।
स्व अधिकारीले लामो समय सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा समेत सेवा गर्नुभएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराई पशुपति आर्यघाट पुग्नु भई स्व अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । उहाँकाे पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएकाे थियाे ।
विसं २००४ भदौ २० गते जन्मनुभएकी अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको हो ।
कलाकारमाझ मिलनसार र मृदुभाषीको परिचय बनाउनुभएकी अधिकारीका एक छोरा र एक छोरी हुनुहुन्छ ।