काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ ।
प्रारम्भिक गणनाअनुसार १८९५ मतगणना हुँदा गगन थापाले १२९४ ,विश्वप्रकाश शर्माले ८२७ ,डा प्रकाशशरण महतले ६२० प्रदीप पौडेलले ६६८ मिनेन्द्र रिजालले ३२९ र राजाराम कार्कीले ५८ मत ल्याएका छन् ।
कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो ।
सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए ।