२१ भाद्र २०८३, आईतवार
,
Latest
तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रक ठक्करबाट दुई जनाको मृत्यु



अ+ अ-

दाङ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका–९ रिहारमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ३४०३ नम्बरको ट्रकले पूर्वबाट पश्चिमतर्फ गइरहेको रा १ प ११३१ नम्बरको मोटरसाइकललाई शनिबार बेलुका ठक्कर दिँदा मोटरसाइकलमा सवार ४२ वर्षीय बिनोद बस्नेत र ४५ वर्षीय रमेश बस्नेतको मृत्यु भएको हो ।

मृत्यु हुनेहरु घोराही उपमहानगरपालिका–५ धर्नाका र नेपालगन्ज उपमहानगरपालिका ४ कारकाँदोका दाजुभाई रहेका थिए । विनोदको राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठान घोराही र रमेशको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

ट्रक नियन्त्रणमा लिइए पनि चालक भने फरार रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए ।