२१ भाद्र २०८३, आईतवार
,
Latest
थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुथी विद्रोहीको ड्रोन आक्रमणबाट साउदीको तेल उत्खनन क्षेत्रमा आगलागी



अ+ अ-

काठमाडौं । यमनका हुथी विद्रोहीले जिम्मेवारी लिएको एक ड्रोन आक्रमणले एउटा साउदी तेल तथा ग्यास उत्खनन् गर्ने मैदानमा आगलागी भएको छ ।यद्यपि, आक्रमणमा कुनै हताहती नभएको र तेल उत्पादन पनि अवरुद्ध नभएको सरकारी उर्जा कम्पनी अरम्कोले बताएको छ ।

शनिबार विहान हुथी विद्रोहीका सैन्य प्रवक्ताले आफूले शेबाहको तेल क्षेत्रमा १० ड्रोनको प्रयोग गरेर आक्रमण गरेको बताए । उनले यो आक्रमण साउदी अरबभित्र हुथीले गरेको सबैभन्दा ठूलो आक्रमण भएको पनि जानकारी दिए ।

शेबाहले दैनिक दशौँ लाख कच्चा तेल उत्पादन गर्छ र यो हुथी नियन्त्रणमा रहेको उत्तरपश्चिम यमनबाट हजार किमी टाढा छ ।त्यस क्षेत्रमा १४.३ अर्ब ब्यारेल तेल भण्डार छ ।

पछिल्ला महिनाहरुमा यमनको विद्रोही समूहले छिमेकी साउदी अरबको भू–भाग भित्र मिसाइल र ड्रोन आक्रमण बढाएको छ । तिनको आक्रमणको निशाना साउदी हवाई आधार र अन्य संयन्त्र हुने गरेको छ ।

साउदी अरबले यमनको राजधानीसमेत महत्त्वपूर्ण बन्दरगाह कब्जा गरिरहेका हुथीविरुद्ध केही वर्षदेखि हवाई आक्रमण गरिरहेको छ । त्यस विरुद्ध हुथीले समय समयमा साउदी अरबभित्र सानो आकार मिसाइल र ड्रोन आक्रमण गर्ने गरेको छ ।

हुथी विद्रोहीले संचालन गरेको टेलिभिजनले आफ्ना प्रवक्ताको भनाई उदृत गर्दै भनेको छ, ‘यमनमाथिको दमन कम नभए ‘थप गम्भीर र ठूलो आक्रमण’ हुनेछ । ’