५ असार २०८३, शुक्रबार
,
Latest
गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटान भ्रमणमा मोदी, १० सम्झौतामा हस्ताक्षर



अ+ अ-

काठमाडौं । दुईदिने भुटानमा भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री लोट्टे छिरिङसँग द्वीपक्षीय भेटवार्ता गरेका छन् ।
शनिबार अपरान्ह भुटान पुगेका उनले भेटमा भारत र भुटानको हित र सम्बन्धलाई प्रगाढ बनाउने विषयमा छलफल गरेका हुन् ।

यसै भेटमा प्रधानमन्त्री मोदी र समकक्षी छिरिङले भारत र भुटानबीच अन्तरिक्ष अनुसन्धान, हवाई, प्रविधि, उर्जा र शिक्षाका क्षेत्रमा दश सहमति पत्र (एमओयु)मा हस्ताक्षर गरेको दुवै देशका विदेश मन्त्रालयले जनाएका छन् ।

आइतबार मोदीले भुटानको रायल विश्वविद्यालयका छात्रछात्रालाई सम्बोधन गर्नेछन् । दुइदिने भ्रमण सकेर मोदी आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।