काठमाडौं । दुईदिने भुटानमा भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री लोट्टे छिरिङसँग द्वीपक्षीय भेटवार्ता गरेका छन् ।
शनिबार अपरान्ह भुटान पुगेका उनले भेटमा भारत र भुटानको हित र सम्बन्धलाई प्रगाढ बनाउने विषयमा छलफल गरेका हुन् ।
यसै भेटमा प्रधानमन्त्री मोदी र समकक्षी छिरिङले भारत र भुटानबीच अन्तरिक्ष अनुसन्धान, हवाई, प्रविधि, उर्जा र शिक्षाका क्षेत्रमा दश सहमति पत्र (एमओयु)मा हस्ताक्षर गरेको दुवै देशका विदेश मन्त्रालयले जनाएका छन् ।
आइतबार मोदीले भुटानको रायल विश्वविद्यालयका छात्रछात्रालाई सम्बोधन गर्नेछन् । दुइदिने भ्रमण सकेर मोदी आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।