काठमाडौं । सांसद् रंगमती शाहीले तीजमा पार्टी प्यालेसमा गीत गाउनमा लगाइएको बन्देजप्रति सरकारको आलोचना गरेकी छिन् ।
आइतबारको संसद् बैठकमा उनलेशाहीले महिलालाई रमाइलो गर्न वञ्चित गर्नका लागि पार्टी प्यालेसमा बन्देज लगाइएको भन्दै प्रतिबन्ध फिर्ता लिन सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराइन् ।
उनले भनिन्-‘महिलाहरुले एक दिन पार्टी प्यालेसमा रमाइलो गर्दा भ्रष्टाचार हुने हो र ?’’ विवाहामा ५१ जना भन्दा बढी जन्ती लिन नपाउने भनिएपनि त्यसो नभएकाले महिलाले मनाउने तीजमा पार्टी प्यालेसमा बन्द गर्नु उचित नभएको उनको भनाइ छ ।