२१ भाद्र २०८३, आईतवार
,
Latest
थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजा सीमाक्षेत्रमा तीन प्यालेस्टिनी मारिए



अ+ अ-

गाजा सिटी । उत्तरी गाजापट्टीमा इजरायली सेनाले चलाएको गोली लागेर तीन जना प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गाजापट्टीबाट तीन वटा क्षेप्यास्त्र प्रहार भएको केही घण्टापछि नै इजरायली सेनाले गरेको कारबाहीमा तीन प्यालेस्टिनीको ज्यान गएको हो ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले अर्का एक प्यालेस्टिनी सख्त घाइते अवस्थामा अस्पतालमा उपचार गराइरहेको जनाएको छ । इजरायली सेनाले हेलिकप्टर र ट्याँकको सहायताले गाजा–इजरायल छुट्याउने सीमानजिक शंकास्पद आक्रमणकारीमाथि कारबाही गरेको जनाएको छ ।

इजरायली सेनाले गरेको ट्वीटमा इजरायली तारबार लगाइएको क्षेत्रमा गाजाबाट शंकास्पद व्यक्तिहरु आएको सूचना पाएपछि कारबाही गरिएको जनाएको छ ।

हमास प्रशासित गाजापट्टीमा प्यालेस्टिनीहरुले दक्षिण इजरायलमा गत शनिबार तीनवटा क्षेप्यास्त्र आक्रमण गरेपछि पछिल्लो हिंसा भड्किएको हो ।

सन् २०१८ मार्चदेखि चौतर्फी घेराबन्दीमा परेको गाजापट्टीमा नियमितझैं प्रदर्शन र झडप भइरहेका छन् । त्यसयता गाजामा इजरायली कारबाहीमा कम्तीमा ३०५ जनाको मृत्यु भइसकेको छ । यी झडपमा सात जना इजरायलीको पनि ज्यान गएको छ ।