बेइजिङ । चीनको पूर्वी भागमा पर्ने सानडोङ प्रान्तमा शुक्रबार साँझ भएको एक डुंगा दुर्घटनामा परी सात व्यक्तिको मृत्यु भएको छ भने अन्य दुईजना बेपत्ता भएका छन् ।
चीनको उत्तर भागमा पर्ने हेबेई प्रान्ततर्फ गइरहको सो डुंगा बन्दरगाह सहर रिझाओनजिकै उच्च वेगमा आएको हावाको कारण पल्टिएको बताइएको छ। सो दुर्घटना स्थानीय समयअनुसार शुक्रबार ५ बजेर ५५ मिनेटमा भएको थियो ।
स्थानीय समयानुसार शनिबार ११ बजे सात व्यक्तिको शव फेला परेको र वेपत्ता व्यक्तिहरुको खोजी कार्य भइरहेको जनाइएको छ। डुंगा दुर्घटना भएको उक्त समयमा ५० मिटर प्रतिसेकेन्डको हिसाबबाट हावा चलेको अधिकारीले जानकारी दिएका छन् ।