११ आश्विन २०८१, शुक्रबार
,
Latest
सहकारी ठगी प्रकरणमा फरार रहेका ढोरपाटनका मेयर भारतमा पक्राउ स्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा छविलाल जोशीलाई थप ७ दिन हिरासतमै राख्न अनुमति नारायणगढ–मुग्लिन सडकमा आज रातभर गाडी चलाउन नपाइने राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निओ रेमिट तथा युनाईटेड रेमिट बीच रेमिट्यान्स भुक्तानी गर्ने सम्झौता जलवायु परिवर्तनको असर न्युनिकरण गर्न नेपाललाई वाह्य वित्तीय स्रोत आवश्यक छः गभर्नर अधिकारी जेबिएनएल सेक्यूरिटिज् ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतै दोब्बर, कतै आधा पनि उठेन राजश्व



अ+ अ-

रुकुमपूर्व । जिल्लास्थित स्थानीय तहले कतै लक्ष्यभन्दा दोब्बर राजश्व सङ्कलन गरेका छन् भने कतै लक्ष्यको आधा पनि राजश्व सङ्कलन गर्न सकेका छैनन् । रुकुमपूर्वमा सिस्ने गाउँपालिकाले लक्ष्यभन्दा दोब्बर राजश्व सङ्कलन गर्न सफल भएको छ । पुथा उत्तरगङ्गा गाउँपालिकाले भने लक्ष्यको आधा पनि राजश्व सङ्कलन गर्न नसकेको हो ।

रु ३६ लाख ७७ हजार राजश्व सङ्कलन गर्ने लक्ष लिएकोमा सिस्ने गाउँपालिकाले रु ७५ लाख ६ हजार ६०० राजश्व सङ्कलन गरेको जनाएको छ । गाउँपालिकाले लक्ष्यभन्दा १०४ प्रतिशत बढी राजश्व उठाएको प्रमुख प्रशासकीय अधिकृत विमला रोकाले जानकारी दिनुभयो । गाउँपालिकाका विभिन्न वडाबाट गरी रु ३७ लाख पाँच हजार ८० सङ्कलन भएको छ ।

गत आर्थिक वर्षमा बालुवा, जडीबुटी, मालपोत कार्यालयबाट राम्रो राजश्व सङ्कलन गर्न सफल भएकोले गाउँपालिकाले दोब्बर राजश्व सङ्कलन गर्न सफल भएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताए । गाउँपालिकाले चालु आर्थिक वर्षमा बढाएर रु ७८ लाख राजश्व सङ्कलन गर्ने लक्ष राखेको पनि उनले जानकारी दिए ।

गतवर्ष सङ्कलित राजश्वलाई हेरेर चालु आर्थिक वर्षको लक्ष्य तय गरिएको उनको भनार्इ छ । गाउँपालिकाले वर्षेनी राजश्व सङ्कलनलाई बढाउँदै लगेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७४र७५ मा १८ लाख ३० हजार २९४ राजश्व सङ्कलन गरेको थियो । पुथा उत्तरगङ्गा गाउँपालिकाले अर्थिक वर्ष २०७५/७६ मा लक्ष्यको आधा पनि राजश्व सङ्कलन गर्न नसकेको पाइएको हो ।

रु एक करोड ८ लाख राजश्व उठाउने लक्ष्य राखेको गाउँपालिकाले जम्मा रु ४५ लाख मात्र राजश्व सङ्कलन गर्न सफल भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले राजश्वको प्रमुख स्रोतका रूपमा यार्सागुम्बालाई लिएको थियो तर, यार्सागुम्बाबाट राजश्व सङ्कलन हुन नसक्दा लक्ष्यअनुरूप राजश्व सङ्कलन हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढाथोकीले बताए ।

गत वर्षमा लक्ष्यअनुरूप राजश्व सङ्कलन हुन नसकेपछि चालु आर्थिक वर्षमा गाउँपालिकाले राजश्वको लक्ष्य ह्वात्तै घटाएको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले यार्सालाई राजश्वको स्रोतबाट हटाउँदै रु ५० लाखको मात्र लक्ष लिएको छ । त्यसैगरी भूमे गाउँपालिकाले गत आर्थिक वर्ष २०७५र७६ मा ४५ लाख ३० हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु ४३ लाख ५३ हजार राजश्व सङ्कलन गर्न सफल भएको छ ।

गाउँपालिका लक्ष्यको ९६ प्रतिशत राजश्व सङ्कलन गर्न सफल भएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिङ श्रेष्ठले जानकारी दिए । गाउँपालिकाले प्राकृतिक स्रोतसाधनबाट कम राजश्व उठेको बताएको छ । सेवा शुल्क, घरबहाल कर, सिफारिस दस्तुर र मालपोत नै राजश्वका प्रमुख स्रोत भएको प्रशासकीय अधिकृत श्रेष्ठले बताए ।

गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा बढाएर राजश्व रु ४९ लाख २४ हजारको लक्ष्य लिएको गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताए । कर प्रणालीमा सुधार गर्न सकेमा चालु आर्थिक वर्षमा केही सुधार हुनसक्ने अनुमान गरिएको उनको भनाई छ ।

यतिमात्र नभएर चालु आर्थिक वर्षमा व्यवसाय रजिष्ट्रेशन र नवीकरण, घर बहाल करमा राजश्व बढ्ने अनुमान गरिएको प्रशासकीय प्रमुख श्रेष्ठले बताए ।