८ भाद्र २०८३, सोमबार
,
Latest
गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग पशुपतिनाथमा विशेष पूजा कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले गठबन्धन राजनीतिको कालखण्डलाई विकृत युगको संज्ञा दिनुभएको छ। २०७२ देखि २०८२ साल सम्मको अवधिलाई सभापति थापाले विकृत राजनीतिको युग भन्नुभएको हो।

आज नेपाली कांग्रेसको नियमित श्रृङ्खला ग्रिन टेबलमा सभापति थापाले उक्त विकृत युगको आफूहरू केही हदसम्म साक्षी भएपनि साझेदार नभएको जिकिर गर्नुभयो। उहाँले भन्नुभयो ‘कतिपय सन्दर्भमा हामी विकृत युगको साक्षी भयौं होला। तर त्यसमा सहभागी कहिल्यै भएनौं।’

आफूहरूले सुरुदेखि नै राज्य र पार्टीभित्र समेत सुशासनको पक्षमा आवाज उठाउँदै आएको बताउँदै सभापति थापाले सुशासन स्थापना गर्ने लडाइँमा आफूहरू अहिले पनि अडिग रहेको जिकिर गर्नुभयो। सरकारले आर्थिक अपचलन र भ्रष्टाचार गर्नेहरूलाई कारबाही गर्ने भनेर सम्पत्ति छानबिन आयोग गठन गरेको विधि र प्रक्रिया नमिलेको उहाँको भनाई रह्‍यो।

आफूहरू सम्पत्ति छानबिन हुनुपर्छ भन्नेमा प्रष्ट रहेको तर त्यसमा कानुनी विधि-प्रक्रिया मिचिनु हुँदैन भन्नेमा पनि उत्तिकै सचेत रहेको सभापति थापाको भनाई थियो। ‘हामी भ्रष्टाचारको विरूद्धमा लडेर आएका हौं। तर अहिले सामान्यिकरण गरेर सबै गलत भन्ने भाष्य बनाइँदैछ। हामी यो सफा गर्छौं। त्यसैका लागि पनि हामीसहित सबैको सम्पत्ति छानबिन गर भन्छौं। तर त्यो काम विधि र कानुनलाई पछयाएर हुनुपर्छ। हाम्रो चासो यही हो।’

शासकीय सुधारको कानुनी प्रबन्ध नगरेरै सम्पत्ति छानबिनको हतारो गर्दा जनताको सुशासनको चाहना फेरि पनि नतिजामा पुग्दैन कि भन्ने चिन्ता थपिएको थापाले बताउनुभयो। वैधानिकरूपमा संसदबाट शक्तिशाली छानबिन आयोग गठन गरेर अघि बढेको भए यसको क्षेत्राधिकार स्पष्ट हुने, काम गर्ने शैली प्रभावकारी हुने तथा त्यसबाट जनतामा विश्वसनीयता अझ धेरै बढ्नजाने सभापति थापाको भनाइ थियो।

थापाले आफूहरूले सम्पत्ति छानबिन आयोगलाई सम्पत्ति विवरण बुझाउने पनि जानकारी दिनुभयो। उहाँले भन्नुभयो ‘ विधि र कानुनभन्दा माथि कोही हुँदैन। हामीहरू आयोगलाई सम्पत्ति विवरण बुझाउँछौं। तर विधि र प्रक्रियाको कुराहरू पनि सँगसँगै उठाइरहन्छौं। किनकि हामी नेपाली समाजलाई प्रष्ट बनाउन चाहन्छौं।’

सभापति थापाले पासपोर्ट काण्डको पनि छानबिन हुनुपर्ने पक्षमा आफू रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘ पासपोर्ट काण्डबारे छानबिन सुरु भएको भन्ने थाहा भयो। पासपोर्ट काण्ड छानबिन हुनैपर्छ। तर त्यसमा पनि विधि भने पछ्याउनै पर्छ।’




भर्खरै