२ श्रावण २०८३, शनिबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण



अ+ अ-

मकवानपुर। हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले हेटौँडा उपमहापालिकाको विभिन्न वडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर प्रशोधित पिउने पानी वितरण गर्ने गरिएको छ ।

हेटौँडा उपमहापालिकामा वडा नम्बर १२ र १३ बाहेक वडा नम्बर १ देखि १९ का करिब एक लाख ७२ हजार बासिन्दालाई स्वच्छ पिउने पानी दैनिक सरदर १० घण्टा वितरण गर्दै आएको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेले बताउनुभयो । उहाँले हेटौँडा नगरको विभिन्न वडाका  प्रत्येक टोलमा आजसम्म २९ हजार ८०३ धारा जडान गरिएको जानकारी दिनुभयो ।

हेटौँडा उपमहापालिका–२ स्थित बुङदल खोलाको पानी, ४० डिपट्युवेल र १९ समवेलबाट दैनिक तीन करोड, ७५ लाख लिटर पिउने पानी सङ्कलन गरिँदै आएको खानेपानी बोर्डका सूचना अधिकारी न्यौपानेले बताउनुभयो ।

यसैगरी सो बोर्डले हेटौँडा–१४ मा डिपट्युवेल दुई लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण र मेनलाइन शाखा पाइप विस्तार कार्य सम्पन्न गरिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको संयुक्त आयोजनामा हेटौँडा–१६ शक्तिमा ६ वटा ९ सय घनमिटर क्षमताको समवेलको निर्माण र करिब साढे ३ किलोमिटर पाइप लाइन विस्तार गर्ने कार्य सम्पन्न गरिएको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका प्रमुख विष्णुप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

यसैगरी हेटौँडा–१५ को सानो सुकौलीमा बोर्डले एक लाख लिटर क्षमताको पानी ट्याङ्की र वडा नम्बर १६ मा शौचालय निर्माण गरेको छ । हेटौँडा खानेपानी व्यवस्थापन बोर्ड र खानेपानी तथा सरसफाइ डिभिजन १ को संयुक्त लगानीमा हेटौँडा–११ थाना भ¥याङको सिमलटार क्षेत्रमा हाल दुई समवेल र चार लाख ५० हजार क्षमताको ओभर हेड पानी ट्याङकी तथा घर निर्माण गरेको प्रमुख सापकोटाले बताउनुभयो ।

हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले आफ्नो परिसरभित्र अत्याधुनिक पानीे परीक्षण प्रयोगशाला हालै सञ्चालनमा ल्याएको छ ।  बोर्डले पानी सङ्कलन गर्ने कार्यमा प्रयोग गर्ने उद्देश्यले विभिन्न साइजका मोटर पम्पसेटहरु खरिद गरिएको जनाएको छ ।

साथै हेटौँडा–१२ र १३ का स्थानीय उपभोक्ताहरुले आफ्नो लगानीमा छुट्टाछुट्टै खानेपानीको ट्याङ्की निर्माण गरेर पाइप विस्तार गरी ती प्रत्येक घरमा खानेपानीको धारा जडान गरिएको हेटौँडा उपमहानगरपालिकाको प्रवक्ता सविन न्यौपानेले बताउनुभयो । रासस