काठमाडौँ । चितवनको दारेचोकमा रहेको ‘याक ब्रिविङ कम्पनी प्रा.लि.’ र उद्योग विभागबीचको विवाद उच्च अदालत पाटनमा पुगेको छ ।
उच्च अदालत पाटनमा याक ब्रिविङले उद्योग विभागलाई विपक्षी बनाउँदै गत जेठ १४ गते दिएको रिट निवेदनमा जेठ २९ गते उच्च अदालत पाटनले उद्योग विभागको जेठ २ को निर्णय, सो सँग सम्बन्धित विभागको पत्र तथा आन्तरिक राजश्व विभागको जेठ १२ को पत्र कार्यान्वयन नगर्नु/नगराउनु भनेर दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै उद्योग विभागले भ्याकेट माग गर्दै जवाफ दर्ज गरेको थियो ।
‘भ्याकेटबारे भदौ १ गतेलाई पेशी तोकिएको छ,’ विभागका कानुन अधिकृत टंक महतले जानकारी दिए । उनले अन्तरिम आदेश खारेजको माग गर्दै गत असार १९ गते भ्याकेटको माग गर्दै निवेदन दिएको बताए ।