२१ भाद्र २०८३, आईतवार
,
Latest
थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडकको दुरवस्थाः यातायात सञ्चालनमा कठिन



अ+ अ-

रसुवा । नेपालको उत्तरी नाका रसुवागढीको सडकको दूरावस्थाका कारण त्यहाँ सञ्चालन हुने बस तथा कन्टेनरलाई समस्या भएको छ । नागरिक समाजका अनुसार धुञ्चेदेखि उत्तरी क्षेत्र खोपाङ भिर क्षेत्रका सडक दिनानुदिन जीर्ण हुँदै गएको छ । हिलोमा सवारीसाधनका चक्का गाडिएर एउटा मोटर पार गर्न घण्टौँ लाग्ने गरेको छ ।

डिभिजन सडक कार्यालयले मेशिन उपकरण प्रयोग गरेको भनिए पनि भएका उपकरणले हिलो सडकमा थप हिलो मात्र बनाउने काम भइरहेकाले ग्राभेल ढुङ्गाको व्यवस्था गर्न स्थानीयवासीले आग्रह गरेका छन् ।

पासाङल्हामु राजमार्गअन्तर्गत पर्ने उक्त सडक सुधारका लागि गत साउन महीनामा सडक विभागअन्तर्गत उपकरण महाशाखाबाट रसुवा पठाइए पनि ती उपकरण अफिस समयमा मात्र गुड्ने र भन्सार शुल्क तिरेर आएका सिलबन्दी मालबाहक कन्टेनर डिब्बा सधैँ हिलो पार गर्न नसकेर हैरानी हुने गरेको चालकको गुनासो छ ।

राजमार्गको खोपाङ भिरका सतह बढी हिलो भएकाले ग्राभेलका लागि डिभिजन सडक कार्यालय नुवाकोटमा ताकेता भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले सडकको व्यवस्थापनका लागि ग्राभेल व्यवस्थापनमा गाउँपालिकाले समेत सहयोग कार्य अगाडि बढाएको जानकारी दिए ।