काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ ।
प्रारम्भिक गणनाअनुसार २५२० मतगणना हुँदा गगन थापाले १६४८ ,विश्वप्रकाश शर्माले १०१९ ,डा प्रकाशशरण महतले ८२७ प्रदीप पौडेलले ७४६ मिनेन्द्र रिजालले ४३६ र राजाराम कार्कीले ६४ मत ल्याएका छन् ।
कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो ।
सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए ।