२१ भाद्र २०८३, आईतवार
,
Latest
थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति र प्रधानमन्त्रीको भूमिका शंकास्पद देखाउँन खोज्दा ‘दासढुङ्गा २’ ले अनुमति पाएन



अ+ अ-

काठमाडौं । सरकार चलचित्रसम्बन्धी विधेयकको तयारीमा रहँदै गर्दा फिल्म निर्माणको इजाजतमा अहिले भने निकै नै कडाइ सुरु भइसकेको छ । यही विषयमा १० वर्षअघि बनेको फिल्म ‘दासढुङ्गा’को सिक्वेल ‘दासढुङ्गा २’ को टिमले फिल्म निर्माण अनुमति पाउन सकेन ।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र जिवराज आश्रितको दुर्घटनामा केन्द्रित राजनीतिक पृष्ठभूमिको विषय वस्तु रहेको फिल्मको सुटिङका लागि नेकपाबाट नियुक्त भएका बोर्ड अध्यक्ष केशव भट्टराईले झुलाइरहेका छन् । फिल्म निर्माणको घोषणा ३ महिनाअघि नै भएको थियो। तर इजाजत नपाएपछि निर्माण टिम अहिले तनावमा छ।

२०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जिप दुर्घटनाको कथा समेटिएको ‘दासढुङ्गा २’को निर्माण रोक्नुको कारण बोर्डले अझै नखुलाएको निर्देशक तथा लेखक कुमार भट्टराईको गुनासो छ।

मदन भण्डारी मारिएको दासढुंगा घटनामा आधारित फिल्मको कथासारमा राष्ट्रपति र प्रधानमन्त्रीको भूमिका शंकास्पद देखाउँदा फिल्म निर्माणको अनुमति नपाएको हो ।