५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं प्रहरी प्रमुख सुवेदीलाई गाली गरेको आरोपमा एक जना पक्राउ



अ+ अ-

काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउको विषयलाई लिएर काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीविरुद्ध गालीगलौज गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रिदम विसी भनिने शंकर विक छन् ।अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले शनिबार विसीलाई पक्राउ गरिएको पुष्टि गरे ।

उनलाई अछामको मंगलसेनबाट पक्राउ गरेर काठमाडौं ल्याइएको हो ।काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले विकलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय, अछामलाई पत्राचार गरिएको बताए ।

विकविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही प्रक्रिया अघि बढ्ने जनाइएको छ ।