११ आश्विन २०८१, शुक्रबार
,
Latest
राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण सहकारी ठगी प्रकरणमा फरार रहेका ढोरपाटनका मेयर भारतमा पक्राउ स्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा छविलाल जोशीलाई थप ७ दिन हिरासतमै राख्न अनुमति नारायणगढ–मुग्लिन सडकमा आज रातभर गाडी चलाउन नपाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठगी गर्ने सार्वजनिक



अ+ अ-

पोखरा । कास्की जिल्ला प्रहरी कार्यालयले सुनको बुद्धमूर्ति भन्दै बेच्ने तीनजनालाई आज सार्वजनिक गरेको छ । दोलखा जिल्ला भीमेश्वर नगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलका ५२ वर्षीय राजराज शिवाकोटी, गोरखा भीमसेन नपा– १ घर भई न्यूरोड बस्ने ३३ वर्षीय देवकुमार श्रेष्ठ र रामेछाप भङ्गेरी गाउँपालिका ३६ वर्षीय वसन्तबाबु श्रेष्ठले पोखरा महानगरपालिका–८ का पाराश्वर विश्वकर्माालाई सुनको भन्दै अन्य धातुबाट निर्मित बुद्धमूर्ति रु १३ लाखमा बिक्री गरेका थिए ।

प्रहरीले उनीहरुको साथबाट पहेँले धातुको बुद्धमूर्ति, ड्रिल मेसिन, सुनजस्तो देखिने पहेँलो धुलोसहित पक्राउ गरिएको प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए। एक महीनाको अवधिमा विभिन्न १६१ मुद्दामा २५२ पुरुष र २९९ महिलालाई पक्राउ गरिएको थियो । सो अवधिमा पाँच हजार ९०० सवारी चालकलाई गरिएको कारवाहीमा रु ४४ लाख ७५ हजार र अवैध जुवा खेल्नेबाट रु पाँच लाख ८० हजार ८०० सहित जम्मा रु ५० लाख ५५ हजार ८०० राजश्व सङ्कलन भएको उनले बताए ।

दर्ता भएका मुद्दामध्ये लागुऔषध १७ , अवैध जुवा खेल्ने १२ स्थानबाट ८४, साइबर क्राइममा ४३ र सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत ९४मुद्दा दर्ता भएका थिए ।
यसैगरी पोखरा महानगरपालिकाका विभिन्न स्थानमा चोरी गर्दै आएका पोखरा २३ चापाकोट घर भई पोखरा ३ तेर्साट्टी बस्ने २० वर्षीय लक्ष्मण नेपाललाई पक्राउ गरिएकोे प्रहरीले जनाएको छ ।

उनको साथबाट सुनको मङ्गलसुत्र एक थान, नेक्लेस एक थान, सुनको झुम्का एक जोर र फलामको हथौँडा, रड र फलामको छिनो बरामद गरिएको थियोे । एक महीनाको अवधिमा प्रहरीले ५०७ लिटर अवैध मदिरा र मदिरा बनाउन प्रयोग गरिएका भाँडा बरामद गर्नुका साथै एक पुरुष र २६ महिलालाई नियन्त्रणमा लिई कारवाहीको लागि आन्तरिक राजश्व कार्यालयमा पठाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यसैगरी प्राकृतिक स्रोत दोहन अन्तर्गत १२ मालबाहक सवारी साधान ९ट्रिपर,एक्साभेटर र ट्रक० नियन्त्रणमा लिई कारवाहीको लागि पोखरा महानगरपालिकामा पठाइएको छ भने कतिपय जिल्ला समन्वय समितिमासमेत पठाएको छ ।