१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका

एमालेको उच्चस्तरीय टोली चीनको भ्रमणमा जाँदै

एमालेको उच्चस्तरीय टोली चीनको भ्रमणमा जाँदै
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेको उच्चस्तरीय टोली चीनको भ्रमणमा जाँदैछ। उपाध्यक्ष बिष्णु पौडेलको नेतृत्वमा चार सदस्यीय टोली सोमबार बिहान चीन जान लागेको हो । प्रतिनिधिमण्डलमा पार्टीका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पुष्पराज कँडेल र केन्द्रीय कमिटी सदस्य तथा कर्णाली प्रदेशसभा सदस्य मीनासिंह रखाल हुनुहुन्छ । प्रतिनिधिमण्डल चैत १४ गते स्वदेश फर्किने कार्यक्रम छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तराष्ट्रिय बिभागको निमन्त्रणमा चीन जाने लागेको टोलीले बिभागका प्रमुख प्रमुख सोङ ताओ सहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा  दुई देश बीचको सम्बन्ध , दुई पार्टीको सम्बन्ध , नेपालको गरिबी निबारणमा चिनको सहयोग र सुझाब  लगायताका बिषयमा छलफल हुने स्रोतले जनाएको छ ।  

चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणको पूर्वसध्यामा एमालेको उच्चस्तरीय भ्रमण हुन लागेको हो।विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा विसं २०७६ मा नेपाल र चीनबीच भएको १९ वटा सहमति तथा सम्झौताका अबस्थाको बारेमा छलफल हुने जनाईएको छ ।

 चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच १९ वटा सहमति तथा सम्झौता भएको थियो । तिनै सहमति र सम्झौताबारे के कति प्रगति भयो भन्नेबारे छलफल गर्न विदेशमन्त्री यीको भ्रमण हुन लागेको स्रोतले बताएको छ । नेपाल सरकारले नेपाल र चीनबीच सीमा समस्या रहेको सार्वजनिकरुपमै कुरा उठाएपछि विदेशमन्त्रीको भ्रमणका क्रममा सो विषयमा पनि छलफल हुने  स्रोतले जनाएको छ ।

दुई मुलुकबीच चीन–नेपाल सीमा वारपार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययन, सीमा सुरक्षा उपकरण तथा कार्यालय उपकरण, सीमा व्यवस्थापन प्रणाली जस्ता विषयमा सहमति तथा सम्झौता भएको थियो ।भ्रमणका क्रममा विदेशमन्त्री वाङ यी राष्ट्रपति बिद्यादेबी भण्डारी , प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुखदलका शिर्षनेताहरु लाई पनि भेट गर्ने स्रोतले जनायो ।