२१ भाद्र २०८३, आईतवार
,
Latest
थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिकोत्सब सम्पन्न



अ+ अ-

काठमाण्डौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनीको ब्यबसायिक कारोवार बिधिवतरुपमा सञ्चालन भएको दुई वर्ष पूरा भएको छ । कम्पनीले यस अवसरमा एक कार्यक्रमको आयोजना गरि दोस्रो वार्षिकोत्सब मनाएको छ ।

उक्त कार्यक्रममा सुभकामना मन्तब्य दिदंै कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पधातर््मक उपस्थिति जनाएको बताए । चालु आ.व.२०७६/७७ मा थप शाखा बिस्तार गरि बीमित, अभिकर्ता एवं सेवाग्राहीको पहँुचलाई सर्वसुलभ, छिटो छरितो सेवा पुर्याउने, मानव संसाधनमा गुणात्मक तथा रचनात्मक अभिवृद्धिका लागि आवश्यक तालिमको ब्यबस्था तथा उत्प्रेरणा हुने खालको निति तर्जुमा गरिने जानकारी गराए ।

उनले कम्पनीले नियमनकारी निकाय श्री बीमा समितिको निर्देशानुसार धितोपत्र ऐन बमोजिम निर्देशित तथा अन्य आवश्यक प्र्र्िरकयाहरु पूरा गरि सर्वसाधारणका लागि शेयर जारी गरिने समेत बताए । साथ,ै Financial Access / Financial Literacy बढाउने काममा कम्पनीले सहयोग गरिरहेको र यसलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

सोहि अवसरमा कम्पनीले विभिन्न संघ संस्था तथा त्यसका कर्मचारी तथा सदस्यहरुको सुविधा तथा लाभ लाई मध्यनजर गरि भर्खरै श्री बीमा समितिवाट स्वीकृती प्राप्त नयां जीवन बीमालेख “आइएमई सामूहिक सावधिक बोनस सहितको जीबन बीमा योजना” सार्वजनिक गरेको छ ।

सोहि अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले जीबन बीमा ब्यबसायमा महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ताको लागि आर्कषक एवं उत्प्रेरक बिबिध प्रोत्साहन योजनाहरु कार्यन्वयन गरिने जानकारी गराए ।

सञ्चालन भए देखि नै कम्पनीको सफलतामा हरतरहले सहयोग दिने नियमनकारी निकाय श्री बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय, सरोकारवाला सम्पूर्ण निकायहरु, सञ्चालक समितिका सदस्यहरु, सस्थापक शेयरधनी महानुभावहरु, कर्मचारीहरु, अभिकर्ताहरु प्रति कम्पनीले हार्दिक धन्यवाद एवम् कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा समेत सोहि किसिमले सहयोग गर्नु हुने विश्वास लिएको उनले बताए ।

ब्यवसाय सुचारु भएको दोस्रो वर्ष सम्ममा कम्पनीले देशका सातै प्रदेशका बिभिन्न ८५ स्थानमा शाखा कार्यालयहरु स्थापना गरि बीमा सेवा पुर्याउदै आएको छ । कम्पनीले यस आर्थिक बर्ष २०७६÷७७ मा थप शाखा÷उपशाखाहरु बिस्तार गरि बीमाको पहुँच तथा सेवा दिने योजना रहेको जानकारी गराएको छ । साथै, कम्पनीले आर्थिक बर्ष २०७५÷७६ मा रु. ९१ करोड बीमाशुल्क संकलन गर्न सफल भएको जानकारी पनि कम्पनीले गराएको छ ।