२१ भाद्र २०८३, आईतवार
,
Latest
थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजार: नेप्सेमा नौ अङ्कको ओरालो



अ+ अ-

काठमाडौँ । निरन्तर ओरालो लाग्दै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि झर्ने क्रम जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९.२० बिन्दुले घटेर एक हजार २१४.८३ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.५७ बिन्दुले घटेर २६३.११ बिन्दुमा झरेको छ । नेप्से ओरालो लाग्दो कारोवार रकमसमेत सस्तैमा समेटिएको छ ।

कूल १६० कम्पनीको ११ लाख एक हजार ७७६ कित्ता शेयर रु ३२ करोड ९५ लाख २७ हजार ९१५ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार आज कारोवार भएका कूल ११ उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर वृद्धि भएको छ । उत्पादन उपसमूह १.८ बिन्दुले बढ्दा बैंकिङ ४.२५, होटल ११.१९, विकास बैंक ५.४३, जलविद्युत् १८.७७, वित्त ३६.५८, निर्जीवन बीमा ३१.५८, अन्य ११.१४, लघुवित्त ८.५८, जीवन बीमा ८७.४२ र सामूहिक लगानी कोष ०.०६ बिन्दुले घटेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु दुई करोड ४५ लाख ३४ हजार ४५६ बराबरको कारोवार भयो । यस्तै रसुवागढी जलविद्युत् कम्पनी रु एक करोड ७० लाख ५२ हजार ५२९, नेपाल इन्भेस्टमेन्ट बैंक रु एक करोड ७० लाख दुई हजार ३९७, कृषि विकास बैंक रु एक करोड ५७ लाख ९१ हजार ९४९, शिवम् सिमेन्ट रु एक करोड ३८ लाख ३३ हजार ३१८, प्राइम कर्मसियल बैंक रु एक करोड सात लाख सात हजार १२२ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.८५ प्रतिशतले कमाए । यस्तै रिलायन्स फाइनान्स ६.८४, गुडविल फाइनान्स ३.७३, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था २।६४, सामुदायिक लघुवित्त वित्तीय संस्था १.९२ र सिटी एक्सप्रेस फाइनान्सका शेयरधनीले १.७४ प्रतिशतले कमाए ।

यस्तै गुमाउनेमा गुराँस लघुवित्त वित्तीय संस्था ४.७५, वल्र्ड मचेन्ट बैंकिङ एण्ड फाइनान्स ३.९६, गुराँस लाइफ इन्सुरेन्स ३.८५, रिडी हाइड्रोपावर ३.३३, सेञ्चुरी बैंकका शेयरधनीले ३.०८ प्रतिशतले गुमाए ।