११ आश्विन २०८१, शुक्रबार
,
Latest
राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण सहकारी ठगी प्रकरणमा फरार रहेका ढोरपाटनका मेयर भारतमा पक्राउ स्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा छविलाल जोशीलाई थप ७ दिन हिरासतमै राख्न अनुमति नारायणगढ–मुग्लिन सडकमा आज रातभर गाडी चलाउन नपाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय विदेशमन्त्री जयशंकर बुधबार काठमाडौं आउने



अ+ अ-

काठमाडौं : भारतीय विदेश मन्त्री एस जयशंकर बुधबार काठमाडौं आउन लागेकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ । परराष्ट्रकाे विज्ञप्तिमा नेपाल भारत संयुक्त आयोग बैठकमा भाग लिने क्रममा उनी काठमाडौं आउन लागेकाे उल्लेख छ । यहाँ रहँदा विदेशमन्‍त्री जयशंकरले महत्वपूर्ण राजनीतिक भेटघाट पनि गर्दैछन्।

नेपाल भारत संयुक्त आयोगको बैठक आगामी बुधबार र बिहीबार काठमाडौंमा हुँदैछ। काठमाडौंमा रहँदा जयशंकरले राष्ट्रपति, प्रधानमन्त्री, राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्नेछन्। बिहीबार नै विदेशमन्‍त्री जयशंकर भारत फर्किने कार्यक्रम छ।

नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा पुरानै मुद्दाहरू प्रस्तुत हुने परराष्ट्र मन्त्रालयले स्पष्ट पारिसकेको छ। तीन दशक अघिदेखि उठ्दै आएका विषय नै यसपटकको बैठकमा एजेन्डाका रुपमा राखिएका छन् । प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले उठाएका विषय र उक्त प्रतिवेदनबारे पनि बैठकमा छलफल हुनेछ।

२२ वर्षसम्म रोकिएको नेपाल र भारतको बैठक २०७१ साउनमा सुचारु भएयता भएका प्रगति र थाँति रहेको विषय लिएर नै बैठक हुन लागेको हो। नरेन्द्र मोदी दोस्रो पटक सरकारको नेतृत्व गरेपछि जयशंकर पहिलोपटक विदेश मन्त्रीको रुपमा नेपाल आउन लागेका हुन्।

आन्तरिक तयारीमा जुटेको नेपालले तीन दर्जन भन्दा बढी विषयको विभिन्‍न ‘क्लस्टर’ बनाएर विषय प्रस्तुत गर्ने तयारी गरिरहेको परराष्ट्रले जनाएकाे छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा २५ सदस्यीय भन्दा बढी नेपाली प्रतिनिधिमण्डलले विभिन्न विषयमा समूहगत रुपमा भारतीय पक्षसँग छलफल गर्ने तयारी छ।

नेपाल र भारतबीच सबै विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयलको विज्ञप्तिमा उल्लेख छ। राजनीतिक, सीमा सुरक्षा, डुवान समस्या, आर्थिक सहयोग तथा पूर्वाधार निर्माण, ऋण, कृषि क्षेत्रको विकास, सडक निमार्ण, रेलसेवा लिंक लगायतको विषयमा छलफल हुनेछ। 

नेपाल र भारतबीच हुने उच्चस्तरीय राजनीतिक समीक्षको संयुक्त उक्त बैठकमा राजनीति, अर्थ, जनस्तरलगायतका सबै विषय पछर्न। यही बैठकले नै राजनीतिक उच्चस्तरको भ्रमणको तय गर्नेछ। 

सन् १९८७ मा गठन भएको संयुक्त आयोग नेपाल-भारत द्विपक्षीय सम्बन्ध सम्पूर्ण विषय समीक्षा गर्ने परराष्ट्र मन्त्रीस्तरीय द्विपक्षीय संरचना हो।  याे बैठक नेपाल र भारतमा अालाेपालाे अायाेजना गरिन्छ । यसअघि अायाेगकाे बैठक सन् २०१६ काे अक्टाेबरमा नयाँदिल्लीमा बसेकाे थियाे ।