१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी

भारतीय विदेशमन्त्री जयशंकर बुधबार काठमाडौं आउने

भारतीय विदेशमन्त्री जयशंकर बुधबार काठमाडौं आउने
अ अ+ अ-

काठमाडौं : भारतीय विदेश मन्त्री एस जयशंकर बुधबार काठमाडौं आउन लागेकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ । परराष्ट्रकाे विज्ञप्तिमा नेपाल भारत संयुक्त आयोग बैठकमा भाग लिने क्रममा उनी काठमाडौं आउन लागेकाे उल्लेख छ । यहाँ रहँदा विदेशमन्‍त्री जयशंकरले महत्वपूर्ण राजनीतिक भेटघाट पनि गर्दैछन्।

नेपाल भारत संयुक्त आयोगको बैठक आगामी बुधबार र बिहीबार काठमाडौंमा हुँदैछ। काठमाडौंमा रहँदा जयशंकरले राष्ट्रपति, प्रधानमन्त्री, राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्नेछन्। बिहीबार नै विदेशमन्‍त्री जयशंकर भारत फर्किने कार्यक्रम छ।

नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा पुरानै मुद्दाहरू प्रस्तुत हुने परराष्ट्र मन्त्रालयले स्पष्ट पारिसकेको छ। तीन दशक अघिदेखि उठ्दै आएका विषय नै यसपटकको बैठकमा एजेन्डाका रुपमा राखिएका छन् । प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले उठाएका विषय र उक्त प्रतिवेदनबारे पनि बैठकमा छलफल हुनेछ।

२२ वर्षसम्म रोकिएको नेपाल र भारतको बैठक २०७१ साउनमा सुचारु भएयता भएका प्रगति र थाँति रहेको विषय लिएर नै बैठक हुन लागेको हो। नरेन्द्र मोदी दोस्रो पटक सरकारको नेतृत्व गरेपछि जयशंकर पहिलोपटक विदेश मन्त्रीको रुपमा नेपाल आउन लागेका हुन्।

आन्तरिक तयारीमा जुटेको नेपालले तीन दर्जन भन्दा बढी विषयको विभिन्‍न ‘क्लस्टर’ बनाएर विषय प्रस्तुत गर्ने तयारी गरिरहेको परराष्ट्रले जनाएकाे छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा २५ सदस्यीय भन्दा बढी नेपाली प्रतिनिधिमण्डलले विभिन्न विषयमा समूहगत रुपमा भारतीय पक्षसँग छलफल गर्ने तयारी छ।

नेपाल र भारतबीच सबै विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयलको विज्ञप्तिमा उल्लेख छ। राजनीतिक, सीमा सुरक्षा, डुवान समस्या, आर्थिक सहयोग तथा पूर्वाधार निर्माण, ऋण, कृषि क्षेत्रको विकास, सडक निमार्ण, रेलसेवा लिंक लगायतको विषयमा छलफल हुनेछ। 

नेपाल र भारतबीच हुने उच्चस्तरीय राजनीतिक समीक्षको संयुक्त उक्त बैठकमा राजनीति, अर्थ, जनस्तरलगायतका सबै विषय पछर्न। यही बैठकले नै राजनीतिक उच्चस्तरको भ्रमणको तय गर्नेछ। 

सन् १९८७ मा गठन भएको संयुक्त आयोग नेपाल-भारत द्विपक्षीय सम्बन्ध सम्पूर्ण विषय समीक्षा गर्ने परराष्ट्र मन्त्रीस्तरीय द्विपक्षीय संरचना हो।  याे बैठक नेपाल र भारतमा अालाेपालाे अायाेजना गरिन्छ । यसअघि अायाेगकाे बैठक सन् २०१६ काे अक्टाेबरमा नयाँदिल्लीमा बसेकाे थियाे ।