५ असार २०८३, शुक्रबार
,
Latest
गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपामा वरियता विवाद चुलियाे, झलनाथ खनाल बढुवा, माधव नेपाल घटुवा



अ+ अ-

काठमाडौँ — नेकपाले वरिष्ठ नेता माधव नेपालको वरीयताक्रम घटुवा गरी झलनाथ खनालाई तेस्रो वरीयतामा ल्याएको छ । यसअघि खनालले नेपालभन्दा आफू वरिष्ठ भएको भन्दै वरीयताक्रम सच्चाउन माग गरिरहेका थिए । 

तत्कालीन एमाले र माओवादीको एकताका क्रममा खनालभन्दा नेपालको वरीयताक्रम माथि राखिएको थियो। जुन निर्णयमा खनालले त्यसबेलादेखि नै ‘रिजर्भेसन’ राख्दै आएका थिए। अब नेकपाको वरीयताक्रममा दुई अध्यक्षपछि खनाल र त्यसपछि नेपाल हुनेछन्।

‘पार्टीभित्र मैले राख्दै आएको कुरा सम्बोधन भएको छ, पार्टीले आफ्नो गल्ती सच्चाएको छ’ खनालले भने।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सकिएको बैठकले वरीयतामा वरिष्ठ नेताको एक नम्बरमा खनाल र दुई नम्बरमा नेपाललाई राख्ने निर्णय गरेको प्रवक्ता नरायणकाजी श्रेष्ठले जानकारी दिए।

नेपालले वरीयतामा असन्तुष्टि जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेको स्रोतले बताएको छ। स्रोतका अनुसार नेपालले तीन नेतालाई सचिवालयमा लैजान प्रस्ताव गरेका थिए। नेपालले नेताहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र भीम रावललाई सचिवालयमा लैजान प्रस्ताव गरेको तर बैठकले उनको प्रस्तावलाई अस्वीकृत गरेको स्रोतले बतायो।

बैठकले जनवर्गीय संगठनहरूको पनि जिम्मेवारी टुंग्याएको छ।  

नेताहरूको कार्यविभाजन गर्न शुक्रबार बसेको नेकपा सचिवालय बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामदेव गौतमलाई केन्द्रीय उपाध्यक्षमा प्रस्ताव गरेका थिए। पार्टीमा पाँचौँ वरीयताका गौतमलाई संगठन विभाग र किसान महासंघ विभागको प्रमुख बनाइएको हो।

नौ सदस्यीय सचिवालयमा निर्णय प्रक्रियामा आफूलाई अप्ठ्यारो परेको महसुस गरेपछि ओली गौतमलाई जिम्मेवारी दिन राजी भएका थिए। तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न भूमिका खेले पनि आफूलाई जिम्मेवारीविहीन बनाइएको भन्दै गौतमले ओलीको विरोध गर्दै आएका थिए। गौतम पनि विपक्षमा उभिएपछि ओलीलाई कतिपय निर्णय आफू अनुकूल गराउन गाह्रो भएको थियो।

तत्कालीन एमाले संसदीय दलको नेतादेखि पार्टी अध्यक्ष बनाउन आफूले ओलीलाई सहयोग गरे पनि गुन बिर्सेको भन्दै गौतमले आलोचना गर्दै आएका थिए। 

पार्टी एकताको झन्डै १४ महिनापछि शुक्रबार बसेको सचिवालय बैठकले नेताहरूको जिम्मेवारी बाँडफाँट गरेको छ। नेकपाले ३२ विभागको प्रमुख र उपप्रमुखको नाम तय गरेको थियो ।

कार्यविभाजनसँगै गौतमलाई उपाध्यक्षको प्रस्ताव गरिएको छ। पार्टीको विधानमा भने उपाध्यक्ष पद छैन। स्थायी समितिको आगामी बैठकबाट निर्णय गराएर गौतमलाई उपाध्यक्ष तयारी छ । पार्टी एकताका क्रममा अध्यक्षद्वय र महासचिवको पद सिर्जना गरिएको थियो। एकताको समयमा माधव नेपाल झलनाथ खनाल भन्दा वरीयतामा अगाडि थिए ।