१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेतालाई मतको सकस, झिनो मतान्तरले पराजित



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका सन्दर्भमा भएका मतगणनामा नेताहरुलाई झिनो मतको सकस परेको छ । उपसभापति पदका लागि भएको मतगणनामा पार्टी संस्थापन पक्षबाट उम्मेदवारी दिएका विजयकुमार गच्छदार दुई मतको अन्तरले पराजित हुनुभयो । महाधिवेशनले दुई उपसभापति निर्वाचित गर्ने व्यवस्थाबमोजिम भएको मतदानमा उहाँले एक हजार ९०६ मत प्राप्त गर्नुभयो । संस्थापन इतर पक्षका धनराज गुरुङले दोस्रो सबैभन्दा धेरै एक हजार ९०८ मत ल्याई उपसभापति पदमा विजयी हुनुभयो । 

यसै महाधिवेशनका सन्दर्भमा प्रदेश अधिवेशनका लागि प्रदेश नं १ मा भएको मतदानमा प्रदेश सभापतिमा संस्थापन पक्षसँग मिलेर कृष्णप्रसाद सिटौलाको तेस्रो समूहबाट उम्मेद्वारी दिनुभएका उद्धव थापाले संस्थापन इतर पक्षका गुरुराज घिमिरेलाई दुई मतले नै पराजित गर्नुभयो । थापाले ८४४ र घिमिरेले ८४२ मत पाउनुभएको थियो ।

पार्टीको १३ औँ महाधिवेशनमा समेत झिनो मतका कारण विजयी हुननसकेपछि पार्टी सभापति पदका लागि पुनः मतदान गर्नुपरेको थियो । १३औँ महाधिवेशनको पहिलो चरणमा शेरबहादुर देउवाको १५४६ मत आएको थियो । उहाँले ५० प्रतिशतभन्दा बढी मत पाउन सक्नुभएको थिएन । कांग्रेसको विधानमा सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत पुर्‍याउनै पर्छ । देउवालाई जित्नका लागि १५ सय ७५ मत आवश्यक थियो । त्यतिबेला पनि देउवाको ११ मत कम हुँदा दोस्रो चरणमा सभापतिको निर्वाचन भएको थियो ।  

पार्टीको १४औँ महाधिवेशनमा भएका निर्वाचनमा पार्टी सभापति र उपसभापतिको नतिजा आइसकेको छ । अहिले दुई जना महामन्त्रीका लागि मतगणनाजारी छ । त्यस्तै सहमहामन्त्री र केन्द्रीय सदस्यहरुको मतगणना हुन बाँकी नै छ । ती मतगणनामा पनि नेताहरुलाई जितका लागि झिनो मतको सकस पर्ने हो कि हेर्न बाँकी छ ।