२१ भाद्र २०८३, आईतवार
,
Latest
थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेलले बगाएर शर्मिलाको मृत्यु



अ+ अ-

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा अविरल वर्षासँगै आएको भेलले बगाउँदा आइतबार साँझ एक बालिकाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–७ थाम्काकी बुद्धिबहादुर परियारकी आठ वर्षीया छोरी शर्मिला परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
बडिगाडस्थित डाँफेपातल आधारभूत विद्यालयबाट अध्ययन गरी फर्कने क्रममा शर्मिलालाई भेलले बगाएको स्थानीयले बताएका छन् ।

विद्यालयबाट फर्कने क्रममा मोटरबाटोमा हिँडिरहेकी बालिकालाई ठूलो पानी परेसँगै सडक निकारामा आएको भेलले बगाएर झण्डै ५०० मिटर तल पु¥याएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो । उनी डाँफेपातल आधारभूत विद्यालय कक्षा २ मा अध्ययनरत छात्रा हुन् ।