२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक News Polar कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची News Polar रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख नगद सहयोग गर्ने News Polar मालढुङ्गा पुल पश्चिम नेपालकै लाइफलाइन हो, जतिसक्यो चाँडै सञ्चालनमा ल्याउनुपर्छः ढकाल News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट

नेतालाई मतको सकस, झिनो मतान्तरले पराजित

नेतालाई मतको सकस, झिनो मतान्तरले पराजित
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका सन्दर्भमा भएका मतगणनामा नेताहरुलाई झिनो मतको सकस परेको छ । उपसभापति पदका लागि भएको मतगणनामा पार्टी संस्थापन पक्षबाट उम्मेदवारी दिएका विजयकुमार गच्छदार दुई मतको अन्तरले पराजित हुनुभयो । महाधिवेशनले दुई उपसभापति निर्वाचित गर्ने व्यवस्थाबमोजिम भएको मतदानमा उहाँले एक हजार ९०६ मत प्राप्त गर्नुभयो । संस्थापन इतर पक्षका धनराज गुरुङले दोस्रो सबैभन्दा धेरै एक हजार ९०८ मत ल्याई उपसभापति पदमा विजयी हुनुभयो । 

यसै महाधिवेशनका सन्दर्भमा प्रदेश अधिवेशनका लागि प्रदेश नं १ मा भएको मतदानमा प्रदेश सभापतिमा संस्थापन पक्षसँग मिलेर कृष्णप्रसाद सिटौलाको तेस्रो समूहबाट उम्मेद्वारी दिनुभएका उद्धव थापाले संस्थापन इतर पक्षका गुरुराज घिमिरेलाई दुई मतले नै पराजित गर्नुभयो । थापाले ८४४ र घिमिरेले ८४२ मत पाउनुभएको थियो ।

पार्टीको १३ औँ महाधिवेशनमा समेत झिनो मतका कारण विजयी हुननसकेपछि पार्टी सभापति पदका लागि पुनः मतदान गर्नुपरेको थियो । १३औँ महाधिवेशनको पहिलो चरणमा शेरबहादुर देउवाको १५४६ मत आएको थियो । उहाँले ५० प्रतिशतभन्दा बढी मत पाउन सक्नुभएको थिएन । कांग्रेसको विधानमा सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत पुर्‍याउनै पर्छ । देउवालाई जित्नका लागि १५ सय ७५ मत आवश्यक थियो । त्यतिबेला पनि देउवाको ११ मत कम हुँदा दोस्रो चरणमा सभापतिको निर्वाचन भएको थियो ।  

पार्टीको १४औँ महाधिवेशनमा भएका निर्वाचनमा पार्टी सभापति र उपसभापतिको नतिजा आइसकेको छ । अहिले दुई जना महामन्त्रीका लागि मतगणनाजारी छ । त्यस्तै सहमहामन्त्री र केन्द्रीय सदस्यहरुको मतगणना हुन बाँकी नै छ । ती मतगणनामा पनि नेताहरुलाई जितका लागि झिनो मतको सकस पर्ने हो कि हेर्न बाँकी छ ।