• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी ★   मनाङको बाटो सधैँ जोखिमपूर्ण ★   प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ ★   युरो कपको क्वाटरफाइनल खेल्ने सबै टोलीको टुंगो लाग्यो, यी ८ टोलीबीच हुनेछ भिडन्त ★   महामन्त्री ढकालको प्रतिवेदन हुबहु सार्वजनिक गरिने ★   भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो ★   ब्रिटिस कलेज बन्यो नेपालकै पहिलो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने शैक्षिक संस्था ★   मुकुल ढकालले भनेः मैले बिहे गर्ने कि, कुमारै बस्ने पार्टीले निर्णय गरोस् ★   सहिदको स्मृतिमा उद्यान निर्माण ★   सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित

भेलले बगाउँदा एक बालिकाको मृत्यु



बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा अविरल वर्षासँगै आएको भेलले बगाउँदा आइतबार साँझ एक बालिकाको मृत्यु भएको छ ।

बडिगाड गाउँपालिका–७ थाम्काकी बुद्धिबहादुर परियारकी आठ वर्षीया छोरी शर्मिला परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बडिगाडस्थित डाँफेपातल आधारभूत विद्यालयबाट अध्ययन गरी फर्कने क्रममा शर्मिलालाई भेलले बगाएको स्थानीयले बताएका छन् ।

विद्यालयबाट फर्कने क्रममा मोटरबाटोमा हिँडिरहेकी बालिकालाई ठूलो पानी परेसँगै सडक निकारामा आएको भेलले बगाएर झण्डै ५०० मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो । उनी डाँफेपातल आधारभूत विद्यालय कक्षा २ मा अध्ययनरत छात्रा हुन् ।