काठमाडौं । औषधी व्यवस्था विभागले दर्ता नभएका औषधी बिक्री वितरण नगर्न औषधी बिक्रेताहरुलाई आग्रह गरेको छ ।
विभागले सोमबार एक सूचना जारी गर्दै विभागले अटेरी गरी दर्ता नभएका औषधीको बिक्री वितरण भएको पाइए औषधी ऐन बमोजिम औषधी जफत गरिनुका साथै पसलको दर्ता प्रमाणपत्र समेत खारेज गरिने जनाएको छ ।
सूचनामा औषधी ऐन २०३५ को दफा १० (क) बमोजिम दर्ता भएका औषधी मात्रै बिक्री वितरण गर्न समेत आग्रह गरेको छ।
विभागले दर्ता नभई बिक्रीवितरण गरिएका औषधीको एकीङ तथ्याङ्क भने बाहिर ल्याउन सकेको छैन । विभागले वर्षमा ३ हजारदेखि ३५ सयसम्म औषधी पसलको निरीक्षण गर्दै आएको छ ।