२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन देवीघाट–जिलिङ जोड्ने एक्रोब्रिज जडान तीव्र छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानी तेल ट्याँकर गन्तव्यतर्फ प्रस्थान, अमेरिकी माग अस्वीकार



अ+ अ-

जिब्राल्टर । जिब्राल्टरले नियन्त्रणमा लिएपछि कुटनीतिक विवादको केन्द्रमा परेको इरानी तेल ट्याँकर जिब्राल्टरले छाडेको छ । बेलायती उपनिवेश जिब्राल्टरले आफूलाई उक्त तेल ट्याँकर सुपुर्दगी गर्न अमेरिकाले गरेको अनुरोधलाई पनि अस्वीकार गरेको छ ।

म्यारिन ट्राफिकका अनुसार जिब्राल्टरको तटीय इलाकाबाट गत जुलाई ४ मा नियन्त्रणमा लिइएको इरानी सुपर–ट्याँकरलाई आइतबार साँझ छाडिएको थियो । उक्त ट्याँकर दक्षिणतर्फ प्रस्थान गरेको थियो । जिब्राल्टरका सरकारी अधिकारीहरुले उक्त ट्याँकरको गन्तव्यका बारेमा आफूहरुलाई थाहा नभएको प्रतिक्रिया दिएका छन् ।

जिब्राल्टरले ग्रेस १ नाम दिइएको सामुद्रिक तेल ट्याँकरलाई युरोपेली संघका प्रतिबन्धहरु उल्लंघन गरी सिरियातर्फ इन्धन लगेको आशंकामा नियन्त्रणमा लिएको थियो । जिब्राल्टरको उक्त कदम पश्चात् बेलायत र इरानबीचको सम्बन्धमा गतिरोध आएको थियो । इरानले पटकपटक आफूले कुनै नियम उल्लंघन नगरेको दाबी गर्दै आएको थियो ।

जिब्राल्टरको सर्वोच्च अदालतले गत बिहीबार तेल ट्याँकर छाड्न आदेश दिएको थियो । अदालतको आदेश लगत्तै इरानले नयाँ चालक दल जिब्राल्टर पठाएको थियो । हाल यस भिमकाय तेल ट्याँकरको नाम एड्रियन दरया राखिएको छ । यस ट्याँकरमा २१ लाख ब्यारेल तेल रहेको छ ।

शुक्रबार नै, अमेरिकी न्याय विभागले उक्त ट्याँकर नियन्त्रणमा लिन आदेश जारी गरेको थियो । अमेरिकाले उक्त ट्याँकरबाट इरानी तेल छुकिछिपी सिरियातर्फ लैजान खोजिएको आरोप लगाएको छ । जिब्राल्टर सरकारले अमेरिकी अनुरोधलाई अस्वीकार गरेको थियो । युरोपेली संघभित्र इरानमाथिका अमेरिकी प्रतिबन्धहरु लागू नहुने जिब्राल्टर अदालतको आदेशमा उल्लेख छ ।

म्यारिन ट्राफिकका अनुसार उक्त ट्याँकर ग्रिसको कालामाटातर्फ प्रस्थान गरेको छ । ट्याँकर छाड्नुअघि इरानले युरोपेली संघका प्रतिबन्ध भएका मुलुकमा इरानी ट्याँकर नपठाउने लिखित प्रतिबद्धता जिब्राल्टर सरकार समक्ष व्यक्त गरेको थियो ।

जिब्राल्टरको कदमको विरोधमा इरानले बेलायती ध्वजाबाहक स्टेना इम्पेरो नामको तेल ट्याँकर कब्जामा लिएको थियो ।