५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व फोटोग्राफी दिवसका अवसरमा प्रभातफेरी



अ+ अ-

पोखरा । एकसय असीऔँ विश्व फोटोग्राफी दिवसका अवसरमा पोखरामा आज प्रभातफेरी गरिएको छ । फोटोग्राफर सङ्घ गण्डकी प्रदेशद्वारा आयोजित प्रभातफेरी पोखराको मानव अधिकार चोकबाट शुरु भई चिप्लेढुङ्गा महेन्द्रपुल हुँदै पुनः मानव अधिकार चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

उक्त क्रममा देशव्यापी साइकल भ्रमणमा निस्कनुभएका खोटाङका युवा कर्ण श्रेष्ठलाई सम्मान गरियो । पर्र्यटन प्रवद्र्धन गर्दै भ्रष्टाचारमुक्त देश बनाउनका लागि देश दौडाहामा निस्केका साइकलयात्रीलाई सम्मान गर्न पाउनु आफूहरूका लागि गौरवको विषय भएको फोटोग्राफर सङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष दुर्गाप्रसाद पौडेलले बताए ।

सम्मानित व्यक्तित्व श्रेष्ठले देशलाई भ्रष्टाचारमुक्त बनाउन सचेतना अभिवृद्धिका साथै विभिन्न पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आफू साइकलबाट नेपाल भ्रमणमा निस्केको बताए । कार्यक्रममा फोटो पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष राम गुरुङ, पोखरा उद्योेग वाणिज्य सङ्घ सदस्य रामेश्वर अधिकारी, फोटोग्राफर सङ्घ गण्डकीका महासचिव तुलसीराम सुवेदी लगायतले फोटोग्राफी दिवसको महत्वबारे प्रकाश पारे।