२१ भाद्र २०८३, आईतवार
,
Latest
थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व फोटोग्राफी दिवसका अवसरमा प्रभातफेरी



अ+ अ-

पोखरा । एकसय असीऔँ विश्व फोटोग्राफी दिवसका अवसरमा पोखरामा आज प्रभातफेरी गरिएको छ । फोटोग्राफर सङ्घ गण्डकी प्रदेशद्वारा आयोजित प्रभातफेरी पोखराको मानव अधिकार चोकबाट शुरु भई चिप्लेढुङ्गा महेन्द्रपुल हुँदै पुनः मानव अधिकार चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

उक्त क्रममा देशव्यापी साइकल भ्रमणमा निस्कनुभएका खोटाङका युवा कर्ण श्रेष्ठलाई सम्मान गरियो । पर्र्यटन प्रवद्र्धन गर्दै भ्रष्टाचारमुक्त देश बनाउनका लागि देश दौडाहामा निस्केका साइकलयात्रीलाई सम्मान गर्न पाउनु आफूहरूका लागि गौरवको विषय भएको फोटोग्राफर सङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष दुर्गाप्रसाद पौडेलले बताए ।

सम्मानित व्यक्तित्व श्रेष्ठले देशलाई भ्रष्टाचारमुक्त बनाउन सचेतना अभिवृद्धिका साथै विभिन्न पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आफू साइकलबाट नेपाल भ्रमणमा निस्केको बताए । कार्यक्रममा फोटो पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष राम गुरुङ, पोखरा उद्योेग वाणिज्य सङ्घ सदस्य रामेश्वर अधिकारी, फोटोग्राफर सङ्घ गण्डकीका महासचिव तुलसीराम सुवेदी लगायतले फोटोग्राफी दिवसको महत्वबारे प्रकाश पारे।