५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको महाराष्ट्रमा गुडरहेको बस ट्रकसँग ठोक्कियो, १३ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । भारतको पश्चिमी राज्य महाराष्ट्रको निमगुल क्षेत्रमा राज्यद्वारा सञ्चालित एक बस ट्रकसँग ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य २० जना घाइते भएका छन् ।

स्थानीय समयानुसार आइतबार राति १०ः३० बजे सो दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको र जसमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ ।

दुबै सवारी साधनको अगाडीको भाग नै ठोक्किएको हुनाले दुबै चालकको दुर्घटनामा मृत्यु भएको छ । महाराष्ट्र राज्यको शाहादा शहरको अरुरानगाबाद ग्रामीण इलामामा यात्रा गइरेहको सो बसमा ४५ जना यात्रु सवार रहेका जनाइएको छ ।