७ असार २०८३, आईतवार
,
Latest
बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह रास्वपाको महाधिवेशन: व्यवस्थापनमा र्‍याट र बाउन्सर, सुरक्षामा नेपाल प्रहरी दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपाको केन्द्रीय सदस्यमा राहुल केसीले उम्मेदवारी दिने क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिबियाली तटीय जलक्षेत्रबाट ५७ जनाको उद्धार



अ+ अ-

त्रिपोली । लिबियाका तटीय जलरक्षकका प्रवक्ता अयुब क्वासिमले पश्चिमी तटीय जलक्षेत्रबाट ५७ जना अवैध आप्रवासीलाई उद्धार गरिएको बताएका छन् । उनले आप्रवासीहरु एउटा काठले बनेको डुङ्गामा सवार रहेको जानकारी दिए । डुङ्गामा सात जना महिला र नौ जना बालबालिका थिए ।

उद्धार गरिएका ती आप्रवासीहरुमा अफ्रिकी र अरब मुलुकका नागरिक रहेको प्रवक्ता क्वासिमले बताए । संयुक्तराष्ट्र संघीय शरणार्थी सम्बन्धी उच्चायुक्तको कार्यालय (युएनएचसिआर) ले लिबिया पछिल्लो समय आप्रवासीका लागि सुरक्षित मुलुक नरहेको बताएको छ ।

युएनएचसिआरले उद्धार गरिएका आप्रवासीलाई लिबियाली हिरासतमा नराख्न बारम्बार अनुरोध गरिआएको छ । अफ्रिका र अरब मुलुकबाट युरोप प्रवेश गर्नेक्रममा आप्रवासीहरुले लिबियाली जलक्षेत्रको मार्ग प्रयोग गर्ने गरेका छन् ।

असुरक्षित डुङ्गाबाट यात्रा गर्ने भएकाले धेरै आप्रवासीको डुबेर मृत्यु हुने गरेको छ । मौसमी अनुकूलता भएपछि आप्रवासीहरुले लिबियाको पश्चिमी जलक्षेत्र रोज्ने गरेको पाइन्छ ।