५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिबियाली तटीय जलक्षेत्रबाट ५७ जनाको उद्धार



अ+ अ-

त्रिपोली । लिबियाका तटीय जलरक्षकका प्रवक्ता अयुब क्वासिमले पश्चिमी तटीय जलक्षेत्रबाट ५७ जना अवैध आप्रवासीलाई उद्धार गरिएको बताएका छन् । उनले आप्रवासीहरु एउटा काठले बनेको डुङ्गामा सवार रहेको जानकारी दिए । डुङ्गामा सात जना महिला र नौ जना बालबालिका थिए ।

उद्धार गरिएका ती आप्रवासीहरुमा अफ्रिकी र अरब मुलुकका नागरिक रहेको प्रवक्ता क्वासिमले बताए । संयुक्तराष्ट्र संघीय शरणार्थी सम्बन्धी उच्चायुक्तको कार्यालय (युएनएचसिआर) ले लिबिया पछिल्लो समय आप्रवासीका लागि सुरक्षित मुलुक नरहेको बताएको छ ।

युएनएचसिआरले उद्धार गरिएका आप्रवासीलाई लिबियाली हिरासतमा नराख्न बारम्बार अनुरोध गरिआएको छ । अफ्रिका र अरब मुलुकबाट युरोप प्रवेश गर्नेक्रममा आप्रवासीहरुले लिबियाली जलक्षेत्रको मार्ग प्रयोग गर्ने गरेका छन् ।

असुरक्षित डुङ्गाबाट यात्रा गर्ने भएकाले धेरै आप्रवासीको डुबेर मृत्यु हुने गरेको छ । मौसमी अनुकूलता भएपछि आप्रवासीहरुले लिबियाको पश्चिमी जलक्षेत्र रोज्ने गरेको पाइन्छ ।