५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियाली पूर्वप्रधानमन्त्री रजाकको सुनुवाई एक साताका लागि स्थगित



अ+ अ-

क्वालालम्पुर । मलेसियाको उच्च अदालतले त्यहाँका पूर्वप्रधानमन्त्री नजिब रजाकको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाई एक साताका लागि स्थगित गरेको छ । भ्रष्टाचारसम्बन्धी उक्त मुद्दाको सुनुवाई सोमबार गर्ने तय भएको थियो ।

अहिलेसम्म उच्च अदालतले पक्ष विपक्षका वकीलहरुको राय सुनिसकेको छ । यसक्रममा थप अनुसन्धान गर्नुपर्ने भएकाले समय आवश्यक भएको भन्दै अदालतले सुनुवाई स्थगन गरेको हो । उच्च अदालतले सो सुनुवाई अब यही अगष्ट २६ का लागि तोकेको छ । प्रधानमन्त्री रजाकमाथिको यो अभियोग मलेसियाको इतिहासमा सबैभन्दा ठूलो भ्रष्टाचारको अभियोग रहेको बताइएको छ ।

उनीमाथि आफू सत्तामा रहेका बेला १–विकास–कोषको करिब २ अर्ब ६ करोड मलेसियाली रिंगिट ९६२ करोड अमेरिकी डलर० बराबरको रकम भ्रष्टाचार गरेको आरोप छ । त्यस आरोपमा गत वर्षदेखि नै अनुसन्धान सुरु भएको छ । सर्वोच्च अदालतमा विचाराधीन सो मुद्दाको अबको सुनुवाई अन्तिम हुने अनुमान गरिएको छ ।

उनीमाथि भ्रष्टाचारका चार अलग अलग अभियोग दर्ता गरिएको छ । तर पूर्व प्रधानमन्त्री रजाकले भने आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै ती अभियोगहरु अस्वीकार गर्दै आएका छन् । उनका श्रीमती र छोरामाथि पनि मुद्रा अपचलनको अभियोग लगाइएको छ । उनीहरुले पनि भ्रष्टाचारको अभियोगमा मुद्दा खेपिरहेका छन् । तर उनीहरुमाथिको भ्रष्टाचारको अभियोग भने अलग्गै हो ।